
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय छलफलपछि २१ असारमा संघीय निजामती विधेयकको गडबडीको छानबिनका लागि ७ सदस्यीय विशेष समिति गठन हुने भएको छ।
- समितिमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २/२ सदस्य र माओवादी केन्द्र, रास्वपा, राप्रपा बाट १/१ सदस्य रहनेछन्।
- समितिको गठन संसद्को नियमावली १८० अनुसार भएको हो।
२१ असार, काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार समिति ७ सदस्यीय रहनेछ ।
जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २/२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १/१ जना सदस्य रहनेछन् ।
बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो ।
उनका अनुसार समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4