+

यू–१६ क्रिकेट खेलाडी खनाललाई लमहीमा सम्मान

२०८२ असार  २५ गते १८:५० २०८२ असार २५ गते १८:५०
यू–१६ क्रिकेट खेलाडी खनाललाई लमहीमा सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लमही नगरपालिका र वडा कार्यालयले नेपाली यू–१६ क्रिकेटर शुभम खनाललाई सम्मान गरे।
  • शुभमले नेपाल यू–१६ टोलीको हिस्सा भएर एसीसी यू–१६ इस्ट जोन कप जित्यो।
  • उनको परिवार र राष्ट्रले उनलाई र टोलीलाई गर्व गरेको छ।

२५ असार, काठमाडौं । क्रिक्रेटर शुभम खनाललाई लमहीमा स्वागत तथा सम्मान गरिएको छ । बुधवार लमही नगरपालिका र लमही नगरपालिका वडा नं. ५ को वडा कार्यालयले संयुक्त रूपमा नेपाली यू–१६ क्रिक्रेटर शुभम खनाललाई सम्मान गरिएको हो ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा र लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओम प्रसाद सुबेदीले नेपाली यू–१६ क्रिक्रेटर शुभम खनाललाई सम्मान गर्दै हौसला थपेका छन् ।

नेपाली यू–१६ टोलीले गत शनिबार एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको थियो । शुभमका बुबा केशव खनालले सानै उमेरमा छोरालाई राष्ट्रिय जर्सीमा देख्न पाउँदा परिवारलाई मात्र नभइ सिंगो राष्ट्रलाइ गौरवान्वित बनाएको बताए।

नेपालका पूर्वकप्तान शक्ति गौचनको प्रशिक्षणमा खारिएका शुभमले आफूलाई लेफ्ट आर्म स्पिन बलरका रूपमा स्थापित गरेका छन् ।

लगातार यू–१६ क्रिकेटको उपाधि जितेको नेपालै टोलीले यसअघि सन् २०१७ र २०१९ मा भएको इस्टर्न रिजन प्रतियोगिता जितेको थियो । त्यस्तै २०२३ मा यू–१६ इस्ट जोन कपकै नामको प्रतियोगिता नेपालले जितेको थियो ।

शुभम खनाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय