News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पबाट अलग भएकी छन्।
- साम्बाले दुई वर्षको यात्रालाई आफ्नो करिअरका लागि महत्वपूर्ण भएको र नयाँ सुरुवातका लागि अलग हुने समय आएको बताइन्।
- उनले क्लब र समर्थकप्रति आभार व्यक्त गर्दै भविष्यका खेलहरूमा गुइनगाम्पको सफलताको शुभकामना दिइन्।
१ साउन, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पबाट अलग भएकी छन् । उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अब नयाँ सुरुवातका लागि अलग हुने समय आएको बताएकी हुन् ।
उनले क्लब र समर्थकप्रति आभार व्यक्त गर्दै दुई वर्षको यात्रालाई आफ्नो करिअरका लागि महत्वपूर्ण भएको बताइन्।
साम्बाले लेखेकी छन्, ‘पछिल्लो दुई वर्षको अद्भुत यात्राको लागि धेरै धन्यवाद। हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ। हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु। जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ।’
उनले यस अनुभव सधैं सम्झनामा रहने र गुइनगाम्पलाई आफ्नो भविष्यका खेलहरूमा सफलताको शुभकामना पनि व्यक्त गरिन्। साम्बाले टोलीका लागि २ सिजन खेल्दा कुल ७ गोल गरेकी छन्।
साम्बाले अब कुन क्लबबाट खेल्ने भन्नेबारे टुंगो भने लागिसकेको छैन ।
प्रतिक्रिया 4