News Summary
Generated by OK AI. Editorially reviewed.- योनिस्राव भनेको योनिबाट निस्कने स्पष्ट वा हल्का सेतो तरल पदार्थ हो जुन महिला प्रजनन प्रणालीको सामान्य प्रक्रिया हो।
- असामान्य योनिस्रावमा पहेंलो, हरियो वा गाढा सेतो स्राव, दुर्गन्धित स्राव, जलन, चिलाउने वा दुखाइ हुने लक्षणहरू देखिन्छन्।
- व्यक्तिगत सरसफाइ, सही कपडाको प्रयोग, यौन स्वच्छता र जीवनशैली सुधारले असामान्य योनिस्राव रोकथाम गर्न सकिन्छ र लक्षण देखिए चिकित्सकको परामर्श लिनुपर्छ।
महिलाहरूको नियमित र समान्य प्रक्रिया पनि कहिलेकाहीँ जटिल स्वास्थ्य समस्याका रुपमा देखा पर्न सक्छन् । यी समस्याहरू शारीरिक, प्रजनन, मानसिक वा सामाजिक कारणले हुन सक्छन्। महिलाहरूमा देखिने आम समस्या मध्येको एक हो, योनिस्रावको समस्या ।
१. योनिस्राव के हो ?
योनिस्राव भन्नाले योनिबाट निस्कने स्पष्ट वा हल्का सेतो तरल पदार्थलाई जनाइन्छ । यो स्राव पाठेघरको मुख, योनिको भित्ताबाट र शरीरको आफ्नै ग्रन्थीहरूबाट उत्पन्न हुन्छ। योनिस्राव महिला प्रजनन प्रणालीको एक महत्वपूर्ण र सामान्य शारीरिक प्रक्रिया हो । धेरै महिलाहरू योनिस्रावलाई रोगको संकेत भनेर डराउँछन्, तर वास्तवमा यो स्वाभाविक रूपमा शरीरको सुरक्षात्मक र शुद्धीकरण गर्ने एक प्रक्रिया हो।
महिलाको योनि डिस्चार्ज (स्राव) को सामान्य र असामान्य अवस्था कसरी छुट्याउने ?
योनिबाट आउने स्राव महिलाको शारीरिक स्वाभाविक प्रक्रिया हो । यो योनिको सरसफाइ, ब्याक्टेरिया र संक्रमणबाट जोगाउने प्रणाली हो । तर, कहिलेकाहीं यो स्राव असामान्य बन्न सक्छ जुन स्वास्थ्य समस्याको लक्षण हुनसक्छ ।
सामान्य योनि स्रावका लक्षणहरू
१.हल्का सेतो वा पारदर्शी रङको हुन्छ ।
२.गन्धरहित वा हल्का गन्ध हुन्छ ।
३.महिनावारीको चक्रअनुसार मात्रामा कम-बढी हुन्छ ।
४.योनिमा जलन, दुखाइ वा चिलाउने हुँदैन
योनि स्रावका असामान्य लक्षणहरू
रङ, गन्ध र लक्षणको आधारमा निम्न तरिकाले छुट्टयाउन सकिन्छ ।
१. पहेंलो, हरियो वा गाढा सेतो स्राव- संक्रमणको संकेत (ब्याक्टेरियल वा यौनसम्पर्कबाट सर्ने रोगहरू) ।
२. दहीजस्तो गाढा सेतो स्राव र चिलाउने- योनीको क्यान्डिडा संक्रमण ।
३. दुर्गन्धित स्राव (माछाको गन्धजस्तो)- ब्याक्टेरियल भ्याजिनोसिस ।
४. रक्त मिश्रित स्राव (महिनावारीको समयमा)-पाठेघरको घाउ, पोलिप वा अन्य समस्याको संकेत ।
५. योनिमा जलन, चिलाउने वा यौनसम्पर्क गर्दा दुखाइ-संक्रमण वा योनि सुन्निने लक्षण ।
असामान्य स्रावका कारण
१.ब्याक्टेरियल संक्रमण
२. क्यान्डिडा इन्फेक्शन
३. ट्राइकोमोनास संक्रमण
४. गोनोरिया, क्लामाइडिया जस्ता यौनसम्पर्कबाट सर्ने रोगहरू
५. हर्मोन असन्तुलन, गर्भनिरोधक साधनको प्रयोग आदि
६. मधुमेह, रोग प्रतिरोधात्मक क्षमतामा कमी
७. टाइट अन्डरवेयर, सरसफाइको कमी, अत्यधिक साबुन आदिको प्रयोग
असामान्य स्रावको रोकथाम कसरी गर्ने ?
१. व्यक्तिगत सरसफाइ
-योनिको वरिपरि सधैँ सफा र सुक्खा राख्ने
-साधारण साबुन र पानीले बाहिरी भाग सफा गर्ने, भित्रपट्टि डुश नगर्ने
-दिसा, पिसाब गरिसकेपछि अगाडिबाट पछाडि सफा गर्ने
२. सही कपडाको प्रयोग
-कटनको (सुतिको) अन्डरवेयर लगाउने
-टाइट कपडा नलगाउने
-अन्डरवेयर दिनमा एक पटक अनिवार्य फेर्ने
३. यौन स्वच्छता
-यौनसम्पर्क अघि र पछि सफा गर्ने
-एक जना पार्टनरसँग मात्रै सम्बन्ध कायम गर्ने
-कन्डमको प्रयोग गर्ने
४. जीवनशैलीमा सुधार
-उच्च रक्तचाप, मधुमेह जस्ता पुराना रोग नियन्त्रणमा राख्ने
-अत्यधिक एन्टिबायोटिक प्रयोग नगर्ने
-तनाव र निद्रा व्यवस्थापन गर्ने
कस्तो अवस्थामा चिकित्सककोमा जाने ?
यदि निम्न कुनै पनि लक्षणहरू छन् भने ढिलाइ नगरीकन चिकित्सकको परामर्श लिनुपर्छ
१. गाढा पहेंलो, हरियो वा दुर्गन्धित स्राव
२. चिलाउने, जलन वा दुखाइ अनुभव हुनु
३. यौन सम्पर्कको समयमा दुखाइ हुनु
४. रगतसहितको स्राव (महिनावारीको समयमा बाहेक)
५. ज्वरो, पेट दुख्ने वा पिसाब गर्दा दुख्नु
६. सामान्य उपचारले सुधार नआएको खण्डमा
प्रतिक्रिया 4