+

कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता

२०८२ साउन  १ गते २१:०९ २०८२ साउन १ गते २१:०९
कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली यशविसले मार्कीमा सुमित्रा रेग्मी र मुख्य प्रशिक्षकमा कुमार राईलाई निरन्तरता दिएको छ।
  • सुमित्रा रेग्मी पहिलो संस्करणमा पनि मार्की र कप्तान थिइन् भने कुमार राई मुख्य प्रशिक्षक थिए।
  • इडब्लुभीएलको दोस्रो संस्करण भदौ २० देखि सुरु हुने तय छ।

१ साउन, काठमाडौं । पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले मार्की सुमित्रा रेग्मी र मुख्य प्रशिक्षकमा कुमार राईलाई दोस्रो संस्करणमा निरन्तरता दिएको छ ।

पहिलो संस्करणमा कर्णालीले उपाधि जित्दा सुमित्रा मार्की र कप्तान थिईन् भने राई मुख्य प्रशिक्षकको भूमिकामा थिए । घरेलु भलिबलमा पनि प्रशिक्षक र खेलाडी एकै टिम न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमा सँगै काम गर्दै आएका छन् ।

प्रशिक्षक राईकै प्रशिक्षणमा भलिबलमा छाएकी सुमित्राले राष्ट्रिय टिममा डेब्यु गर्दै छोटो समयमै आफूलाई प्रमाणित गरिसकेकी छन् ।

इडब्लुभीएलको दोस्रो संस्करण भदौ २० देखि सुरु हुने तय छ ।

कर्णाली यशविस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय