+

पाकिस्तानले जित्यो एसियन मेन्स यू-१६ भलिबल च्याम्पियनसिपको उपाधि

२०८२ साउन  ४ गते १४:५८ २०८२ साउन ४ गते १४:५८
पाकिस्तानले जित्यो एसियन मेन्स यू-१६ भलिबल च्याम्पियनसिपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तान यू-१६ टिमले एसियन मेन्स यू-१६ भलिबल च्याम्पियनसिपकोउपाधि जितेको छ।
  • भारतले तेस्रो स्थानको खेलमा जापानलाई ३-२ को सेटमा हराउँदै कांस्य पदक जितेको छ।
  • पाकिस्तान, इरान, भारत र जापानले सन् २०१६ को एफआईभीबी ब्वाएज यू-१७ वर्ल्ड च्याम्पियनसिपमा स्थान बनाएका छन्।

४ साउन, काठमाडौं । पाकिस्तान यू-१६ टिमले एसियन मेन्स यू-१६ भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । थाइल्याण्डमा भएको च्याम्पियनसिपमा पाकिस्तानले दुई सेटले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै इरानलाई फाइनलमा ३-२ को सेटमा पराजित गरेको हो ।

पाकिस्तानको युवा टोलीले पहिलो पटक एसियन यू-१६ च्याम्पियनसिपको उपाधि जितेको हो । सन् २०२३ देखि सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि इरानले जितेको थियो । उज्बेकिस्तानको तास्केन्तमा भएको पहिलो संस्करणमा इरानले उज्बेकिस्तानलाई नै हराएको थियो । पाकिस्तान भने त्यसबेला चौथो भएको थियो ।

थाइल्याण्डको नाखोन पाथोम जिम्न्यासियममा भएको फाइनलमा इरानले सुरुवाती दुई सेट २५-२२ र २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । इरानलाई जितका लागि १ सेट जिते पुग्थ्यो । तर पाकिस्तानले उतकृष्ट पुनारगमन गर्‍यो ।

पाकिस्तानले तेस्रो सेट टाईब्रेकमा ३०-२८ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गर्‍यो । चौथो सेट पाकिस्तानले २५-२१ ले जित्दै खेल २-२ को बराबरीमा पुर्‍यो । पाँचौ तथा निर्णायक सेट १५-११ ले आफ्नो पक्षमा पारेपछि पाकिस्तानले उपाधि जितेको हो ।

दक्षिण एसियाली टिमले उपाधि जित्दा दक्षिण एसियाकै अर्को टोली भारतले कांस्य जित्यो । तेस्रो स्थानको लागि भएको खेलमा भारतले जापानलाई ३-२ कै सेटमा पराजित गरेको हो ।

पाकिस्तान र भारतको उत्कृष्ट प्रदर्शनले एसियनमा दक्षिण एसियाली राष्ट्रले आफ्नो शक्ति प्रमाणित गरेको छ । नेपालबाट भने अहिलेसम्म एसियन यू-१६ च्याम्पियनमा सहभागि भएको छैन ।

पाकिस्तानलाई च्याम्पियन बनाउन योगदान गरेका उल्लाह फइजान मवस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले इरानका नामाजी अजभानसँगै बेस्ट बउटसाइड हिटरको अवार्ड पनि हात पारे । यस्तै पाकिस्तानकै अब्दुल्लाह वाहाव र इरानका फल्लाहखारयेकीले बेस्ट मिडल ब्लकरको अवार्ड पाए ।

पाकिस्तानकै जुनैद मुहम्मद बेस्ट अपोजिटरको अवार्ड हात पारे भने इरानका पोउजेश अइदिनले बेस्ट सेटर र भारतका गौतम शाबदले बेस्ट लिबेरोको अवार्ड प्राप्त गरे ।

एसियन मेन्स यू-१६ च्याम्पियनसिपमा एसियाका १५ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियन पाकिस्तानसँगै शीर्ष चारमा रहेका इरान, भारत र जापानले सन् २०१६ मा कतारमा हुने एफआईभिबी ब्वाएज यू-१७ वर्ल्ड च्याम्पियनसिपमा पनि स्थान बनाएको छ ।

एसियाबाट आयोजकको हैसियतमा कतार पनि स्वत छनोट भइसकेको छ । यू-१७ वर्ल्ड च्याम्पियनसिपमा विश्वभरबाट छानिएर आएका २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

एसियन मेन्स यू-१६ भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय