+
+
Shares

भर्खरै लोकसेवा पास गरेका ४५ अधिकृतलाई विमानस्थल अध्यागमनमा खटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयले लोकसेवाको परीक्षा उत्तीर्ण गरी तालिम लिएका ४५ शाखा अधिकृतलाई सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाएको छ।
  • अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले ४५ नयाँ शाखा अधिकृतलाई तीन दिने तालिमपछि विमानस्थलमा खटाइएको जानकारी दिए।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा विमानस्थलमा छापा मारेको थियो र मानव तस्करी प्रकरणमा छानबिन जारी छ।

५ साउन, काठमाडौं । गृह मन्त्रालयले हालै लोकसेवाको परीक्षा उत्तीर्ण गरेर तालिम लिएका ४५ जनालाई विमानस्थल अध्यागमनमा खटाउने भएको छ ।

गृहमन्त्री रमेश लेखकको सचिवालयले उपलब्ध गराएको विवरण अनुसार, अध्यागमन सुधारका क्रममा हालै सेवा थालेका ४५ जना शाखा अधिकृतहरुलाई सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको हो ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। रिजालको पनि कार्यालयबाट सरुवा भइसकेको छ । तर, नयाँ सहसचिव हाजिर भइसकेका छैनन् ।

‘लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ’, उनले भने । घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन् ।

केहीअघि गृह मन्त्रालयले विमानस्थलमा खटिएका ४५ शाखा अधिकृतलाई मन्त्रालय तानेको थियो । त्यसको बदलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विवरण अनुसार ४५ अधिकृतलाई खटाइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले विमानस्थलमा दरबन्दीभन्दा बढी अधिकृत भए उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाइने समेत बताए । उनले दरबन्दी अनुसार मात्रै अधिकृतहरु राखिने बताए ।

विमानस्थल अध्यागमनमा खटिएका कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो । त्यसबेला तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । अझै त्यो मामिलामा आयोगले छानबिन गरिरहेको छ ।

सरकारले समेत छानबिनका लागि पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति बनाएको छ ।

यो पनि, 

भिजिट भिसा प्रकरण: काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद उडान

विवादास्पद सहसचिवलाई संवेदनशील जिम्मेवारी दिँदा विमानस्थलमा मानव तस्करको रजाइँ

छानबिन चलिरहँदा गृह प्रशासनलाई कसले चुहायो अख्तियारको सूचना ?

गृहकै संरक्षणमा हुन्थ्यो विमानस्थलमा सामूहिक असुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?