+
+
Shares

प्रतिव्यक्ति २० हजार खर्च गरेर ५३ सयलाई सिपमूलक तालिम

कार्यकारी निर्देशक बखतीले वार्षिक ५ हजार ३ सय जनालाई तालिम दिनु बजार मागको तुलनामा न्यून भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ३ सय जनालाई सिपमूलक तथा सिप अभिवृद्धि तालिम प्रदान गरेको छ।
  • प्रतिष्ठानले तीन महिनाको तालिममा प्रतिव्यक्ति २० हजार र कार्यस्थलमा आधारित तालिममा १ लाख रुपैयाँ खर्च हुने बताएको छ।
  • प्रतिष्ठानले रोजगारदातासँग मिलेर कार्यस्थलमा आधारित तालिम मोडेल परीक्षण गरिरहेको र वैदेशिक रोजगार लक्षित ४ पाठ्यक्रम समावेश गरेको जनाएको छ।

९ साउन, काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा ५ हजार ३ सय जनालाई सिपमूलक तथा सिप अभिवृद्धि तालिम प्रदान गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा ६ महिनाभन्दा कम समयको तालिम प्रदान गरिएको हो । चालु आव भने ५ हजार ७ सय ६० जनालाई तालिम प्रदान गर्ने लक्ष्य प्रतिष्ठानको छ ।

प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्यका अनुसार तीन महिने तालिम प्रदान गर्न प्रतिव्यक्ति २० हजार रुपैयाँ खर्च लागेको छ । कार्यस्थलमा लगेर तालिम प्रदान गरेको खण्डमा १ लाख रुपैयाँ बराबर लागत लाग्ने बताइन् ।

‘हामीले तीन महिनाको तालिम प्रदान गर्दा एक जना बराबर २० हजार रुपैयाँ खर्च हुन्छ । यो बाहिर कार्यस्थलमै लगेर तालिम दिने हो भने १ लाख बराबर खर्च हुन आउँछ,’ आचार्यले भनिन् ।

न्यूनतम ५० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च पर्ने तालिम प्रतिष्ठानले नि:शुल्क प्रदान गर्दै आएको हो ।

त्यसरी तालिम पाएकाको ‘स्किल टेस्ट’ को काम भइरहेको प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखतीले जानकारी दिए ।

स्किल टेस्ट गरिसकेपछि सम्बन्धित क्षेत्रमा काममा जाने उनको भनाइ छ । त्यसका लागि सम्बन्धित क्षेत्रका संस्थाहरूसँग सम्झौता गरिएको बखतीले बताए ।

कार्यकारी निर्देशक बखतीले वार्षिक ५ हजार ३ सय जनालाई तालिम दिनु बजार मागको तुलनामा न्यून भएको बताए ।

संख्या कम भए पनि संख्या बढाएर मात्रै नभई गुणस्तर र प्रभावकारितामा केन्द्रित रहेको बताए ।

पहिलो पटक रोजगारदातासँगै मिलेर ‘कार्यस्थलमा आधारित तालिम’ जस्ता नयाँ मोडेल परीक्षण गरिरहेको उनको भनाइ छ । यो सफल भएपछि तालिमको दायरा र संख्या दुवै बढ्ने उनको विश्वास छ ।

तालिमको डुप्लिकेसन र समन्वयको प्रश्नमा बखतीले प्रतिष्ठान र सीटीईभीटी प्रतिस्पर्धी नभई सहयात्री भएको बताए ।

डुप्लिकेसन हटाउन शिक्षा र श्रम मन्त्रालयबीच छलफल भई कार्यदल समेत बनेको जानकारी दिए ।

बजेट वक्तव्य अनुसार ६ महिनासम्मको तालिम प्रतिष्ठान र त्यसभन्दा माथिका तालिम सीटीईभीटीले सञ्चालन गर्ने गरी कार्यक्षेत्र छुट्याइएको छ ।

विगतमा तालिम दिने तर रोजगारीको ग्यारेन्टी नहुने समस्या रहेको बताउँदै यो समस्या समाधान गर्न रोजगारदातालाई नै पाठ्यक्रम निर्माणदेखि तालिम सञ्चालनमा सहभागी गराईरहेको बताए ।

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि पनि लक्षित तालिम बनाइरहेको उनको भनाइ बताए ।

हालै बनेका १९ पाठ्यक्रममध्ये ४ वटा वैदेशिक रोजगारी लक्षित रहेको बताउदै उनले अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार पाठ्यक्रम आधुनिक बनाइरहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?