+
+
Shares

भदौ २७ र २८ मा काठमाडौं कलिङ साहित्य महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १६:५३

११ साउन, काठमाडौं । काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण आगामी भदौमा हुने भएको छ । साहित्य, संगीत, चलचित्र र सिर्जनात्मक संवादको साझा थलोका रूपमा स्थापित महोत्सव भदौ २७ र २८ गते होटेल याक एन्ड यतिमा हुने भएको हो ।

यसपटकको महोत्सवमा ४०० भन्दा बढी लेखक, स्रष्टा, कलाकारहरू नेपाल, भारत, भूटान, बंगलादेश, श्रीलंकालगायत देशहरूबाट महोत्सवमा सहभागी हुने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महोत्सवका काठमाडौं निर्देशक विकास भुसालका अनुसार यस पटकको संस्करणको मूल विषय ‘सीमापार : परिवर्तनशील विश्वमा दक्षिण एशियाली साहित्य’ तय गरिएको छ ।

उनले भने, ‘नेपालको सांस्कृतिक धरोहर, प्राकृतिक स्रोत, र रणनीतिक अवस्थाले विश्व सभ्यतामा ठूलो योगदान पुर्‍याएको छ ।’

महोत्सवमा भारतका प्रख्यात अभिनेता तथा निर्देशक अमोल पालेकर, प्रख्यात स्क्रिप्ट राइटर संध्या गोखले, ख्यातिप्राप्त गायिका तथा अभिनेत्री इला अरूण, लोकप्रिय युट्युबर तथा अभिनेत्री प्रजक्ता कोली र चलचित्र–संगीत विज्ञ यतिन्द्र मिश्रको समेत सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवबारे जानकारी दिँदै आयोजक कलिङ्ग लिटरेरी फेस्टिभलका संस्थापक तथा निर्देशक रश्मि रञ्जन परिडाले काठमाडौं संस्करणलाई नेपाल–भारतबीचको सांस्कृतिक, साहित्यिक र धार्मिक सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिइएको बताए ।

महोत्सवमा अभिनेता अमोल पालेकर र लेखक संध्या गोखले ‘भ्यूफाइन्डर: अ मेमोयर’ पुस्तकका सन्दर्भमा विशेष सत्रमा सहभागी हुनेछन् ।

यस पुस्तकमार्फत पालेकरले आफ्नो जीवनका अनुभवहरू, संघर्ष र भारतीय चलचित्र तथा रंगमञ्च क्षेत्रका ऐतिहासिक पक्षहरूलाई केलाएका छन् ।

गायिका तथा अभिनेत्री इला अरूण ‘पेङ्ग्वीन र्‍यान्डम हाउस’द्वारा प्रकाशित आफ्नो आत्मकथामाथि आधारित कुराकानी सत्रमा सहभागी हुनेछिन् ।

त्यस्तै, प्रजक्ता कोली मोस्ट्लीसेनले हार्पर कोलिन्सद्वारा प्रकाशित पुस्तकका सन्दर्भमा ‘वन टू वान कर्न्भसेसन’मा सहभागिता जनाउनेछिन् ।

हालै टाइम हन्ड्रेडको क्रियटर्स लिस्ट २०२५ माा समावेश भई सम्मानित भएकी कोली उक्त सूचीमा पर्न सफल पहिलो भारतीय क्रिएटर समेत हुन् ।

फिल्म तथा संगीत विज्ञ यतिन्द्र मिश्रले भारतीय संगीत, चलचित्र र साहित्य सम्बन्धी विविध विषयमा आफ्नो धारणा राख्नेछन् ।

उनले लेखेका ‘लता: सुर–गाथा’, ‘अख्तरी’ र ‘शहरनामा फैजाबाद’ लगायत पुस्तकहरूले भारतीय कलासंस्कृतिमा महत्वपूर्ण योगदान पु‍र्‍याएका छन् ।

महोत्सवमा समावेश हुने कार्यक्रमहरु:

  • प्यानल छलफल र मुख्य सम्बोधन ।
  • कविता वाचन तथा सांस्कृतिक प्रस्तुति ।
  • पुस्तक विमोचन र लेखकसँग अन्तर्क्रिया ।
  • लेखन, अनुवाद र प्रकाशनसम्बन्धी कार्यशाला तथा मास्टरक्लास ।
  • दक्षिण एशियाली साहित्य पुरस्कार तथा सम्मान ।
  • सीमापार सहकार्य र अन्तर्राष्ट्रिय सञ्जालसँग संवाद ।

काठमाडौं केएलएफलाई नेपालतर्फबाट जीवन ज्योति डिजिटल केयरले सह–आयोजकको रूपमा सहकार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?