
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरीबाट १६ जनाको परिवार चार दिनदेखि बेपत्ता छ।
- बेपत्ता परिवारमा ५२ वर्षीया उर्मिला हायू र उनका २७ वर्षीया छोरी कमला हायू सहित १६ सदस्य छन्।
- परिवारमा १ वर्षे नाती अर्जुन हायू र ४ वर्षीया नातिनी रियासा हायू पनि छन्।
१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नामावली अनलाइनखबरले प्राप्त गरेको छ ।
गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहेको घरबाट ४ दिनदेखि बेपत्ता परिवारका सबै सदस्यको नामावली अनलाइनखबरलाई प्राप्त गरेको हो ।
बेपत्ता हुनुअघि हायू परिवारले घरमै सुँगुर काटेर खाएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीकाअनुसार बेपत्ता हायु परिवारले गत बिहीबार (८ साउन) मा घरमै सुँगुर काटेर खाएको पाइएको हो ।
‘गाउँलेको भनाइअनुसार बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । त्यसपछि उनीहरू बेपत्ता भएको भन्ने छ,’ एसपी सुवेदीले अनलाइनखबरसँग भने ।
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार अहिले बेपत्ता भएको हायू परिवारको घर एकलासमा भएकाले ढिलो गरेर थाहा पाइएको बताए ।
घर नजिकैको एक छाप्रोमा आगो लगेर निभाइएको जस्तो पनि देखिएको छ । काठहरू डढेका छन् । केही लुगाहरू झुन्डिएको देखिन्छ । पकाउने भाँडाहरू पनि घर बाहिरै देखिन्छ । तर जस्ताले छाएको हायूको घरमा भने कोही छैनन् ।
बेपत्ता हायू परिवारको सूची :
१. उर्मिला हायू (आमा-५२ वर्ष)
२. कमला हायू (छोरी-२७ वर्ष)
३. कोमल माया हायू (बुहारी-२३ वर्ष)
४. उषा हायू (छोरी-२२ वर्ष)
५. सुजता हायू (छोरी-२२ वर्ष)
६. अस्मिता हायू (छोरी-१८ वर्ष)
७. शान्ता हायू (छोरी-१२ वर्ष)
८. राजु हायू (छोरा-२९ वर्ष)
९. हिमाल हायू (छोरा-२४ वर्ष)
१०. लालबहादुर हायू (छोरा-१६ वर्ष)
११. बेगबहादुर हायू ( छोरा-१४ वर्ष)
१२. लक्की हायू (छोरा-११ वर्ष)
१३. सुवर्ण हायू (छोरा-१२ वर्ष)
१४. ओमकुमारी हायू (छोरी-१० वर्ष)
१५. अर्जुन हायू (नाती-१ वर्ष)
१६. रियासा हायू (नातिनी-४ वर्ष )
प्रतिक्रिया 4