+
+
Shares
बक्सअफिस :

यी हुन् २०२५ को सात महिनामा नेपालमा धेरै कमाउने ५ भारतीय फिल्म

यीमध्ये यशराज ब्यानरको फिल्म ‘सैयारा’ अहिले प्रदर्शन भैरहेकाले कमाइको आँकडा अझै माथि जान सक्छ । यसको लाइफटाइम कलेक्सन नेपाली बक्सअफिसमा १० करोड ग्रस हाराहारीमा हुनसक्ने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ को जनवरी १ देखि जुलाई २८ सम्म नेपालमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म 'सैयारा' ६ करोड ६२ लाख नेरु ग्रस कमाएको छ।
  • बलिउड फिल्महरूले शीर्ष ५ सूचीमा वर्चस्व जमाएका छन्, जसमा 'हाउसफूल ५', 'सितारे जमीन पर', र 'छावा' पनि छन्।
  • चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचीअनुसार दक्षिण भारतीय फिल्महरूको दबदबा कमजोर देखिएको छ र 'सैयारा' को लाइफटाइम कलेक्सन १० करोड नेरु हाराहारी हुनसक्ने अनुमान छ।

काठमाडौं । सन् २०२५ को ७ महिनामा नेपालमा धेरै कमाउने शीर्ष ५ भारतीय फिल्मको सूची सार्वजनिक भएको छ ।

जनवरी १ देखि जुलाई २८ सम्म प्रदर्शन भएका फिल्मको सूचीको शीर्ष स्थानमा ‘सैयारा’ छ । रोचक के छ भने, शीर्ष ५ फिल्ममा दक्षिण भारतीय नभएर बलिउडको वर्चस्व छ ।

१) सैयारा : ६ करोड ६२ लाख नेरु ग्रस

२) हाउसफूल ५ : ४ करोड ९२ लाख नेरु ग्रस

३) सितारे जमीन पर : ३ करोड २२ लाख नेरु ग्रस्

४) सिकन्दर : ३ करोड १५ लाख नेरु ग्रस

५) छावा : २ करोड २० लाख नेरु ग्रस

यीमध्ये यशराज ब्यानरको फिल्म ‘सैयारा’ अहिले प्रदर्शन भैरहेकाले कमाइको आँकडा अझै माथि जान सक्छ । यसको लाइफटाइम कलेक्सन नेपाली बक्सअफिसमा १० करोड ग्रस हाराहारीमा हुनसक्ने अनुमान छ ।

सन् २०२५ को सुरुवाती ७ महिनामा नेपालमा दक्षिण भारतीय फिल्मको दबदबा कमजोर देखिएको छ । ‘सैयारा’ म्युजिकल रोमान्टिक फिल्म हो भने ‘हाउसफूल ५’ कमेडी ।

चलचित्र विकास बोर्डको बक्सअफिसमा शीर्ष ५ सूचीमा भारतीय फिल्म नै रहन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?