+

‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम नेपालमा सुरु, प्रधानमन्त्रीबाट उद्घाटन

२०८२ साउन  १५ गते १५:१२ २०८२ साउन १५ गते १५:१२
‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम नेपालमा सुरु, प्रधानमन्त्रीबाट उद्घाटन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा विद्यालयस्तरमा बालबालिकाको समग्र विकासका लागि ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालामा आयोजित समारोहमा उक्त कार्यक्रम उद्घाटन गर्नुभएको छ।
  • कार्यक्रम विश्व फुटबल महासंघ र युनेस्कोको साझेदारीमा एन्फा, शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालन हुँदैछ।

१५ साउन, काठमाडौं । विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।

बिहीबार दशरथ रंगशालामा आयोजित समारोहका बीच औपचारिक रूपमा ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गरे । समारोहमा खेलकुदमन्त्री तेजुलाल चौधरी, अर्थमन्त्री विष्णु पौडेलको पनि सहभागिता थियो ।

विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यस कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समेत सहकार्य रहेको छ ।

विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जनाएको छ।

कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम, र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी जीवनोपयोगी सीपहरू जस्तै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिताका बारेमा सिकाइनेछ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

फिफा फुटबल फर स्कूल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय