News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदको मिति चाँडै सार्वजनिक गरिने बताएका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खेलकुद मिति सार्वजनिक गर्न निर्देशन दिइसकेको उनले बताए।
- दशौं राष्ट्रिय खेलकुदको मिति तीन पटक तय भए पनि समयमा आयोजना हुन सकेको छैन।
१६ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले दशाैँ राष्ट्रिय खेलकुदको मिति चाँडै भन्दा चाँडै सार्वजनिक गरिने बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा एक वर्षको कार्य तथा नीतिगत सुधारको सार्वजनिकीकरण कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिति सार्वजनिक गर्न निर्देशन दिइसकेको उनले बताएका छन् ।
दशौं राष्ट्रिय खेलकुदको मिति ३ पटक तय भइसक्दा पनि समयमा हुन सकेको थिएन ।
यउसअघि गत वर्षको मंसिरमा आयोजना हुने तय भएपनि चैतका लागि सारिएको थियो भने त्यसपछि फेरि जेठका लागि सरेपनि हुन सकेन ।
प्रतिक्रिया 4