News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले नेपाललाई \'अद्भुत टिम\' भन्दै प्रशंसा गरेका छन्।
- डिभिलियर्सले नेपालले विगत केही वर्षमा उल्लेखनीय प्रगति गरेको र अन्तर्राष्ट्रिय अवसर पाए थप सशक्त हुने बताएका छन्।
- उनले नेपालजस्ता टिमलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका दिन आयोजकहरूको जिम्मेवारी भएको उल्लेख गरेका छन्।
१८ साउन, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा विश्वचर्चित ब्याटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टिमको प्रशंसा गर्दै नेपाललाई ‘डरलाग्दो टिम’ भन्दै चिनाएका छन्। उनले नेपाली टोलीले विगत केही वर्षमा उल्लेखनीय प्रगति गरेको र अझ बढी अन्तर्राष्ट्रिय अवसर पाएमा थप सशक्त हुने बताएका छन्।
‘उनीहरू एक अद्भुत टिम हुन्। धेरै टाढासम्म आइपुगेका छन्। अहिलेको अवस्थामा नेपाल निकै खतरनाक क्रिकेट टिम हो’ डिभिलियर्सले भारतीय पत्रकार शुभांकर मिश्रसँगको अन्तरवार्तामा भने, ‘अब उनीहरूमा स्थायित्व ल्याउनुपर्ने जरुरी छ, त्यसका लागि धेरै खेल्न पाउनु जरुरी छ।’
डिभिलियर्सलाई सन् २०२४ को टी-२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध जितको निकै नजिकै पुगेर १ रनको हार बेहोरेको प्रसंगमा उक्त प्रश्न सोधिएको थियो ।
डिभिलियर्सले नेपालजस्ता टिमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा थप अवसर उपलब्ध गराउन विश्व क्रिकेटका विभिन्न सरोकारवालाहरूलाई आग्रह गरे। ‘यस्ता टिमलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका दिन जिम्मेवारी आयोजकहरूको पनि हो’ उनले जोड दिए।
केही वर्षअघि एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न उनी आउने चर्चाबारे डिभिलियर्ससँग प्रश्न गरिएको थियो, जहाँ उनले विगतमा निमन्त्रणा आएको तर समय तालिका नमिलेको बताए। ‘हो, मलाई भनिएको थियो, तर त्यतिबेला मेरो तालिकामा मेल खाएन। अहिले म छोटो अवधिका लिगहरूमा मात्र संलग्न हुने गरेको छु’ उनले भने।
डिभिलियर्स हाल बेलायतमा दुई हप्ते ‘वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स’ (डब्लुसीएल) मा व्यस्त थिए । उनको शानदार शतकमा दक्षिण अफ्रिकाले प्रतियोगिताको नै उपाधि जितेको थियो ।
‘भविष्यमा केही हुन सक्छ, त्यसबारेमा अहिले त कसैलाई थाहा हुँदैन, हेरौं’ एनपीएल खेल्ने सम्भावनाबारे उनले भने ।
प्रतिक्रिया 4