+

विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा गर्न कुँवरको प्रस्ताव

२०८२ साउन  १९ गते ११:४२ २०८२ साउन १९ गते ११:४२
विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा गर्न कुँवरको प्रस्ताव

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले २०२६ मा विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन्।
  • कुँवरले अगष्ट २ मा इटालीमा भएको आईएसएफको वार्षिक सभामा नेपाललाई आयोजना जिम्मेवारी दिन प्रस्ताव गरेका थिए।
  • आईएसएफको अर्को बैठकले प्रस्तावको निर्णय गर्नेछ र कुँवरले नेपालले जिम्मेवारी पाउनेमा पूर्ण विश्वस्त रहेको बताए।

१९ साउन, काठमाडौं । नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् ।

कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारण सभामा २०२६ मा हुने विश्व स्काइ रनिङ आयोजना गर्ने नेपाललाई जिम्मेवारी प्रदान गर्न प्रस्ताव गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेका कुँवरका अनुसार आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्नेछ ।

‘हामीले विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका छौं । उहाँहरु हाम्रो प्रस्तावमा सकरात्मक हुनु हुन्छ’ कुँवरले भने, ‘आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्छ । नेपालमा हामीले गरेको गतिविधि, हाम्रो सक्रिएता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आईएसएफले हामीलाई जिम्मेवारी दिनेमा म पूर्ण विश्वस्त छु।’

विश्व स्काइ रनिङ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय