+

एसियन बक्सिङमा नेपालको पदक पक्का

२०८२ साउन  १९ गते २१:२६ २०८२ साउन १९ गते २१:२६
एसियन बक्सिङमा नेपालको पदक पक्का

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका अर्पिल राना एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु–२२ ५० केजी तौलसमूहमा सेमिफाइनल प्रवेश गरेका छन्।
  • अर्पिलले बैंककमा जारी प्रतियोगितामा भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४ः१ अंकको आधारमा पराजित गर्दै सेमिफाइनल पुगेका हुन्।
  • अगष्ट ६ मा अर्पिलले जापानी मुक्केवाज सोदाई कोटोसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

१९ साउन, काठमाडौं । एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।

५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसंगै कांस्य पदक पक्का भएको बक्सिङंका अन्तराष्ट्रिय को–ओडिनेटर तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अंकको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५–० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

एसियाली बक्सिङ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय