News Summary
Generated by OK AI. Editorially reviewed.- रत्न राज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आगामी भदौ २२ देखि २७ गतेसम्म राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने छन्।
- स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले भलिबलले विद्यार्थीबीच सहकार्य, अनुशासन र एकता प्रवर्द्धन गर्ने उद्देश्य राखेको उल्लेख गरे।
२० साउन, काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले नेपालकै ठूलो धनराशीको क्याम्पसस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘आरआर स्ववियु कप–२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२ गतेदेखि सुरु हुनेछ ।
६ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म आरआर क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ। प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए।
उनले भने, ‘भलिबलको माध्यमबाट विद्यार्थीबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवर्द्धन गर्ने उद्देश्य हाम्रो हो। यो प्रतियोगितामा देशभरबाट सहभागि हुने अपेक्षा गरेको छु।’
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
देशका विभिन्न शैक्षिक संस्थाहरूबीच खेलकुदमार्फत सकारात्मक प्रतिस्पर्धा र पारस्परिक समझदारी विकास गर्न खड्काले बताए। ‘विद्यार्थीहरूमा नेतृत्व विकास, सहकार्य भावना र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले पनि प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ’, उनले भने।
प्रतिक्रिया 4