
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबारको 'शार्क ट्यांक नेपाल'को ११औं एपिसोडमा 'वायु दृष्टि'ले ४० प्रतिशत इक्विटीमा १ करोड रुपैयाँ लगानी जुटाएको छ।
- 'वायु दृष्टि'ले प्रदूषित हावाको मापन र शुद्धीकरण गर्ने यान्त्रिक प्रविधिको योजना पिच गरेको थियो।
- पाँचै शार्कले 'वायु दृष्टि'मा लगानी गर्ने सम्झौता गरेका छन् भने अन्य तीन स्टार्टअपले डिल पाउन सकेनन्।
काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को बुधबारको एपिसोडमा एक स्टार्टअपले १ करोड रुपैयाँ लगानी जुटाएको छ ।
एपिसोडमा चार उद्यमशिलताका आइडिया पिच भए, जसमा एकले मात्र शार्कसँग डिल गर्न सक्यो ।
सक्रिय पाण्डे र श्रीषा पाण्डेको ‘वायु दृष्टि’ले दर्शकको ध्यान खिच्यो । वायु शुद्ध पार्ने र वायुको गुणस्तर मापन गर्ने एक यान्त्रिक प्रविधिको आइडिया लिएर आएका उनीहरूले ४० प्रतिशत इक्विटीमा १ करोड रुपैयाँको डिल गरे ।
पाँचै शार्कले यो स्टार्टअपमा लगानी गर्ने सम्झौता गरे । ‘वायु दृष्टि’ले प्रदूषित हावाको मापन, शुद्धीकरण र भविष्यमा जलवायु परिवर्तन सम्बन्धी समाधान प्रदान गर्ने दीर्घकालीन सोचसहित आफ्नो योजना पिच गरेको थियो ।
जीवन श्रेष्ठले भेन्डिङ मेसिनको आइडिया पिच गरे । नयाँ प्रविधिको मद्दतमा उपभोग्य वस्तु वितरण गर्ने प्रणालीबारे उनले योजना प्रस्तुत गरेका थिए । यसमा डिल हुन भने सकेन ।
गिरिराज भुसाल र बसन्ती भुसालको म्याट्रिक्स ग्रुप अफ कम्पनी र बिमोददेव पन्तको ‘चुकुल एप’ पिच भए पनि कुनै पनि शार्कसँग डिल हुन सकेन ।
११औं एपिसोडमा कुल १ करोड रुपैयाँ बराबरको लगानी पक्का भएको छ । ‘शार्क ट्यांक नेपाल’ प्रत्येक बुधबार र विहीबार हिमालय टिभीमा राती ९ बजे र युट्युबमा ९ः३० बजे प्रसारण हुने गरेको छ ।
प्रतिक्रिया 4