+
+
Shares

शिक्षा समितिको बैठक सुरु, परामर्श उपसमितिको प्रतिवेदन पेस

बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव सभापति अम्मरबहदुर थापाले प्रस्तुत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १४:५९

२१ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ ।

बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन् ।

परामर्श उपसमितिले शिक्षक बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव गरेको छ भने शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव गरिएको छ ।

यसैगरी परामर्श उपसमितिले शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरेको छ ।

नेपाल शिक्षक महासंघको सदस्य भएकै कारण थप सेवा-सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी वा दायित्व निर्वाह गर्नबाट कुनै किसिमको छुट नपाउने प्रस्तावमा उल्लेख छ ।

पूर्ण छात्रवृत्तिसम्बन्धी व्यवस्थामा निजी लगानीमा सञ्चालित विद्यालयले शिक्षासम्बन्धी प्रचलित कानुनमा तोकिएबमोजिम प्रदान गर्नुपर्ने छात्रवृत्ति पूर्ण छात्रवृत्तिका रूपमा उपलब्ध गराउनु पर्ने प्रस्ताव छ ।

गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक-फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?