+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

४५ शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था बन्द गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालयले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमतिपत्र माग गरेर पत्राचार गर्दा कागजात पेस नगरेको भन्दै ती ४५ संस्था बन्द गर्न निर्देशन दिइएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय चितवनले ४५ शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था बन्द गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।
  • संस्थाहरूले संघीय शिक्षा मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमतिपत्र पेश नगरेपछि बन्द गर्न भनिएको हो।
  • कार्यालयले १८ साउनमा तीन दिनभित्र अनुमति कागजात पेश गर्न भनेको थियो, तर समयभित्र पेश नगरेपछि कारबाही गरिएको छ।

२३ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले त्यहाँका ४५ शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गर्ने ४५ संस्था बन्द गराउन निर्देशन दिँदै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको हो ।

जिल्ला प्रशासन कार्यालयले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमतिपत्र माग गरेर पत्राचार गर्दा कागजात पेस नगरेको भन्दै ती ४५ संस्था बन्द गर्न निर्देशन दिइएको जनाएको छ ।

कार्यालयले १८ साउनमा सूचना जारी गरेर ३ दिनभित्र शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा त्यससँग सम्बन्धित कागजात पेस गर्न भनेको थियो ।

तोकिएको समयमा कागजात पेस नगरेपछि संस्था बन्द र आवश्यक कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले अक्टुबर एजुकेसन कन्सल्टेन्सी, आईएलएसी ल्यांग्वेज एन्ड भिसा सर्भिसेस, एईसीसी स्टडी एब्रोड कन्सल्टेन्सी, एक्स्ट्रिम एजुकेसन कन्सल्टेन्सी, एजुकेसन एन्ड माइग्रेसन सेन्टर, एजुकेसन एसिया चितवन, एनआईईसी एनसीएस कोरिया, एसआई ग्लोबल, एसी ग्लोबल चितवन र एसिई टेस्टिङ हबलाई बन्द गर्न भनेको छ ।

यस्तै कँडेल कन्सल्टेन्सी एजुकेसन, कनेक्ट निहोन किङफिसर एजुकेसन कन्सल्टेन्सी, क्यानन इन्टरनेसनल एजुकेसन, क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेस, गोल्डेन गेट, चितवन कोरियन कल्चर सेन्टर प्रालि, चिन्जु एजुकेसन प्रालि, जापान लिंक, जेब्रा एस्याएर प्रिफेक्सन, डल्फिन एजुकेसन, डाँफे कन्सल्टेन्सी एजुकेसन एन्ड माइग्रेसन र डिप ब्लु एजुकेसन कन्सल्टेन्सी बन्द गर्न पत्राचार गरिएको छ ।

बन्द गर्न निर्देशन दिइएका अन्य संस्थामा डिभाइन एजुकेसन, नमस्ते एजुकेसन इन्स्टिच्युट, निहोन एजुकेसन सेन्टर, नेक्स्ट वे, नेसन्स इन्टरनेसनल पायोनियर इन एजुकेसन एन्ड भिसा सर्भिस, न्यु एरा एजुकेसन, बीएमडब्लू एजुकेसन कन्सल्टेन्सी, बेस्ट वान एजुकेसन एन्ड भिसा सर्भिस, ब्लु ब्रिज एब्रोड एजुकेसन प्रालि, मभिन कन्सल्टिङ ग्रुप क्यारियर एन्ड भिसा स्पेसिलाइटिस, मिरे कोरियन भाषा पाठशाला, मेन्टर एजुकेसन सेन्टर, यूटीसी (युनिभर्सल थट कन्सल्ट), युनिकम्पास ग्लोबल, रियल वर्ल्ड एजुकेसन माइग्रेसन, ल्यान्डमार्क एजुकेसन, सफेवा, सुहिसा एजुकेसन कन्सल्टेन्सी, सेलेस्टियल जर्नी प्रालि, हिमालयन बिजनेस ग्रुप एजुकेसन एन्ड माइग्रेसन सर्भिस र ह्याप्पी एजुकेसन कन्सल्टेन्सी छन् ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?