
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीसँग भ्रातृ संस्थाको अधिवेशनका लागि कार्यादेश पारित गरेका छन्।
- निर्देशक समितिले भ्रातृ संस्थाको अधिवेशन गराउने टिओआर पार्टी केन्द्रीय समितिले फाइनल गरेको छ।
- बैठकमा कांग्रेसका जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका परिमार्जनसहित पारित गरिएको र रुपन्देही–३ को उपनिर्वाचनमा सामान्य छलफल भएको छ।
२३ साउन, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।
सभापति देउवा निवास बुढानीलकण्ठमा बैठकमा सहभागी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भ्रातृ संस्थाको अधिवेशनका लागि कार्यादेश पारित गरिएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरुको अधिवेशन गर्नका लागि महामन्त्री विश्वप्रकाश शर्माले तयार गरेको कार्यादेशमा शीर्ष नेतामा सहमति जुटेको छ ।
आज पारित भएको कार्यादेश अनुसार पार्टीबाट गठित निर्देशक समितिले भ्रातृ संस्थाको अधिवेशन गराउने छ । मुख्य सचिव पौडेलले भने,‘निर्देशक समितिलाई टिओआर दिने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो । त्यसैमा हामी छलफल गर्यौं । टिओआर फाइनल भयो ।
बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका पनि छलफल भएको थियो । निर्देशिकालाई परिमार्जन सहित पारित गरिएको मुख्य सचिव पौडेलले जानकारी गराए । भ्रातृ संस्था र जनप्रतिनिधि कार्यसम्पादन निर्देशिकाका पारित गर्न तीन घण्टा बढी समय लागेको पौडेलले जानकारी गराए ।
बैठकमा रुपन्देही–३ को उपनिर्वाचनका विषयमा सामान्य छलफल भएको थियो ।
प्रतिक्रिया 4