+
+
Shares

रन-वे मोडल राजश्रीले ‘जदौ’बाट फिल्ममा डेब्यू गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रिन्ट तथा रन वे मोडल राजश्री थापाले फिल्म 'जदौ' मार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन्।
  • फिल्म 'जदौ'मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह लगायत कलाकार अनुबन्धित भइसकेका छन्।
  • फिल्मको छायांकन दाङ र प्युठानमा भदौ पहिलो साताबाट सुरु हुनेछ र कथा अन्तरजातीय प्रेम र सामाजिक कुरीतिविरुद्धको छ।

काठमाडौं । प्रिन्ट तथा रन वे मोडल राजश्री थापाले ‘जदौ’मार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।

निर्माताले विज्ञप्ति जारी गर्दै उनको कास्टिङको पुष्टि गरेका हुन् । साढे ३ वर्षदेखि प्रिन्ट र रन वे मोडलिङमा सक्रिय राजश्रीले फेब्रुअरी २ मा रिलिज भएको सुशान्त केसीको गीत ‘झण्डै’मा अभिनय गरेकी थिइन् ।

३४ हजार फलोअर्स भएको इन्स्टाग्राम एकाउन्टमा पनि राजश्रीले आफूले फिल्म गर्न लागेको बताएकी छन् । ५ फिट ७ इन्च उचाईकी राजश्री रन वेकी चर्चित मोडल हुन् ।

फिल्म ‘जदौ’को कुरा गर्दा, काजी लिम्बु र अन्जन शर्माले संयुक्तरुपमा निर्देशन गर्न लागेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, गीता अधिकारी, शारदा गिरी, सन्ध्या श्रेष्ठ, अनिल सुब्बा अनुबन्धित भैसकेका छन् ।

अन्तरजातीय प्रेमसम्बन्ध र सामाजिक कुरीतिविरुद्धको कथामा यो फिल्म बन्न लागेको हो ।

छायांकन दाङ र प्युठानमा हुनेछ । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मूभिज एण्ड इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने फिल्मको छायांकन श्याम तामाङले गर्नेछन् ।

काजी लिम्बुको पटकथा लेखन रहेको फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मिलन श्रेष्ठको एक्सन हुनेछ । भदौ पहिलो साताबाट छायांकन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?