+
+
Shares

कालीमाटी-बल्खु सडकका अवैध संरचनामा महानगरले चलायो डोजर (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ साउन २९ गते १३:०३

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना हटाएको छ ।

महानगरपालिकाको नगर प्रहरीको टोलीले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना र पक्की पुल समेत डोजर तथा ब्रेकर प्रयोग गरेर भत्काएको हो ।

कालीमाटीबाट बल्खुतर्फ जाने सडकको दायाँबायाँ एक सय मीटरभित्र पर्ने अवैध संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ ।

नगर प्रहरीले बिहीबार बिहान ११ बजेबाट सुरु गरेको अवैध संरचना हटाउने कार्य जारी छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?