+

मानसिक स्वास्थ्य सुधार गर्न हरेक दिन गर्नुपर्छ यी ७ काम

२०८२ साउन  २९ गते १८:३५ २०८२ साउन २९ गते १८:३५
मानसिक स्वास्थ्य सुधार गर्न हरेक दिन गर्नुपर्छ यी ७ काम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आजकाल बच्चा र ठूला मानिसहरू तनाव, डिप्रेसन र एन्जाइटी जस्ता मानसिक स्वास्थ्य समस्याको शिकार भइरहेका छन्।
  • हरेक दिन तनाव मापन गर्नाले मानसिक स्वास्थ्यको सही जानकारी प्राप्त हुन्छ र समस्यालाई अनियन्त्रित हुनबाट रोक्न सकिन्छ।
  • नियमित शारीरिक गतिविधि र माइन्डफुलनेस अभ्यासले तनाव कम गरी मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।

स्वस्थ रहनका लागि शारीरिक स्वास्थ्य जति आवश्यक छ, त्यति नै महत्त्वपूर्ण मानसिक स्वास्थ्य पनि हो ।  आजकालको व्यस्त जीवनशैलीका कारण ठूला मानिसहरू मात्र होइन, बच्चाहरू पनि विभिन्न मानसिक स्वास्थ्य समस्याको शिकार भइरहेका छन् ।  तनाव, डिप्रेसन र एन्जाइटी जस्ता समस्याहरू आजकाल सामान्य भइसकेका छन् ।

मानसिक स्वास्थ्यले हाम्रो समग्र स्वास्थ्यमा प्रभाव पार्छ, त्यसैले मानसिक स्वास्थ्यमा ध्यान दिनु अत्यन्त जरूरी छ । केही राम्रा बानीहरूलाई आफ्नो दैनिक जीवनमा समावेश गरेर आफ्नो मानसिक स्वास्थ्यलाई सुधार गर्न सकिन्छ ।

१.हरेक दिन आफ्नो तनाव मापन गर्ने

आफ्नो दैनिक जीवनमा तनावलाई ट्र्याक गर्नु महत्त्वपूर्ण हुन्छ । यसका लागि अनलाइन उपकरणहरूको सहायता लिन सकिन्छ वा डायरीमा लेख्न सकिन्छ ।  हरेक दिन तनाव मापन गर्नाले आफ्नो मानसिक स्वास्थ्यको दिशाबारे सही जानकारी प्राप्त हुन्छ । यसले भविष्यमा तनाव, ओसीडी, डिप्रेसन वा बर्नआउटलाई अनियन्त्रित हुनबाट रोक्न सकिन्छ ।

२.प्रत्येक १–२ घण्टामा माइक्रो-ब्रेक लिने

लामो समयसम्म लगातार कुनै कुरामा ध्यान केन्द्रित गर्दा हाम्रो मानसिक क्षमता घट्न थाल्छ भन्ने कुरा धेरै वैज्ञानिक अनुसन्धानहरूले बताउँछन् । त्यसैले हरेक दिन ५ देखि १० मिनेटको सानो ब्रेक लिनुपर्छ  । यो समयमा स्ट्रेच गर्ने,  हिँड्ने वा आँखा बन्द गरेर आराम गर्न सकिन्छ । यसले तनाव कम गर्छ, थकानबाट बचाउँछ र स्नायु प्रणालीलाई सन्तुलित राख्छ ।

३.केन्द्रित श्वासप्रश्वास गर्ने

४ सेकेन्ड गहिरो श्वास लिने, ४ सेकेन्ड रोक्ने र ४ सेकेन्ड फ्याक्ने वा केवल बिस्तारै गहिरो सास लिनुले तनाव हार्मोन कोर्टिसोललाई तुरुन्तै कम गर्न सक्छ । यो केन्द्रित श्वासप्रश्वासको व्यायामलाई दिनमा धेरै पटक तनाव कम गर्नका लागि आपतकालीन ब्रेकको रूपमा प्रयोग गर्न सकिन्छ ।

४.सजगताका साना-साना पलहरू सिर्जना गर्ने

सजगता माइन्डफुलनेसको मतलब सधैं १० मिनेट ध्यान गर्नु मात्र होइन । पानीको आवाज, लुगाको स्पर्श वा घामको ताप महसुस गर्नु र त्यस्ता पलहरूमा पूर्ण रूपमा उपस्थित रहनुले तनावको प्रभावलाई कम गर्छ ।

५.शरीरलाई सक्रिय राख्ने

नियमित शारीरिक गतिविधिले खुसी दिने एन्डोर्फिन हार्मोनलाई रिलिज गर्छ र मनोदशालाई सुधार गर्छ । यदि तनावमा हुनुहुन्छ भने, यो गतिविधिले त्यसबाट बाहिर निस्कन मद्दत गर्छ ।  दिनमा थोरै-थोरै समय सक्रिय रहनाले लामो समयमा ठूलो फाइदा लिन सकिन्छ ।

६.ढाँचाहरू पहिचान गर्न डायरी लेख्ने

डायरी लेख्नाले तनाव, लत वा बारम्बार दोहोरिने व्यवहारको पछाडिको ढाँचालाई उजागर गर्छ ।  धेरै गाइडेड जर्नलिङ उपकरणहरूले यस्ता ढाँचाहरू पहिचान गर्न मद्दत गर्छन्, जुन आफैंले ध्यान नदिएको हुन सक्छ । यसले समयमै आफ्ना बानीहरू पहिचान गरेर सुधार गर्न सहयोग गर्छ ।

७.दिनको अन्त्य मानसिक रूपमा शान्त भएर गर्ने

सुत्नुभन्दा करिब १ देखि २ घण्टा अगाडि आफ्नो दिमाग र शरीरलाई शान्त अवस्थामा ल्याउनुपर्छ ।  स्क्रिनबाट टाढा रहने, हल्का प्रतिबिम्बात्मक गतिविधिहरू गर्ने र शरीरलाई सुत्ने समय भएको संकेत दिनुपर्छ । यसले निद्रालाई सुधार गर्छ र भोलिपल्टको तनावलाई पनि सन्तुलित राख्छ ।

मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय