+
+
Shares

‘माग्ने राजा’ अस्ट्रेलियाका २५ हलबाट प्रदर्शनमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘माग्ने राजा’ अस्ट्रेलियामा २५ हलबाट १०० शोसहित प्रदर्शनमा आउन लागेको छ।
  • थ्रि-केजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले वितरण अधिकार लिएर अग्रिम टिकट विक्री सुरु गरेको जनाइएको छ।
  • फिल्ममा केदार घिमिरेको शीर्ष भूमिका छ र ऋषि लामिछानेले निर्देशन गरेका छन्।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’ अस्ट्रेलियामा २५ हलबाट प्रदर्शनमा आउने भएको छ ।

त्यहाँको वितरण अधिकार लिएका थ्रि-केजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले ती हलमा १०० शोसहित फिल्म प्रदर्शनमा आउन लागेको जनाए ।

ती हलमा अग्रिम टिकट विक्री पनि सुरु भएको प्रेषित विवरणमा जनाइएको छ । अग्रिम टिकट विक्री सुरुवाती चरणमा रहेको र प्राप्त शोजको आधारमा राम्रो व्यापार गर्ने अनुमान रहेको वितरक गोविन्द भण्डारीले बताए ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले हाइपलाई मध्येनजर गरेर पर्याप्त शोसहित फिल्म रिलिज गर्न लागेको जानकारी दिइन् । उनका अनुसार त्यहाँ लामो समयपछि नेपाली फिल्म हलमै रिलिज हुन लागेको हो ।

‘माग्ने राजा’लाई अष्ट्रेलियामा वितरण गर्न लागेको हो नमस्ते इन्टरटेनमेन्टले । वितरक देव कार्कीले फिल्म पर्याप्त शोसहित रिलिज महुन लागेको उत्साहजनक व्यापारको आशा राखिएको उनले बताए ।

यो फिल्म अभिनेता केदार घिमिरेको शीर्ष भूमिका रहेको पहिलो फिल्म हो । जसको कारणले पनि फिल्मले अपेक्षित हाइप प्राप्त गरेको छ ।

फिल्ममा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी लगायतको अभिनय छ । मुनाल घिमिरेले निर्माण गरेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।

मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पाश्र्वसंगीत रहेको फिल्मको पटकथा सामीप्य तिमल्सेनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?