
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘माग्ने राजा’को रमाइलो र मर्मस्पर्शी ट्रेलर भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको छ।
- ट्रेलरमा केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल र शारदा गिरीलाई चित्रण गरिएको छ।
- फिल्मले निर्धन युवाको धनी बन्ने सपनाको कथा र मुलुकको सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ।
काठमाडौं । भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को रमाइलो र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
युट्युबमा सार्वजनिक ४ मिनेटको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । ट्रेलरमा प्रमुख कलाकार केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई चित्रण गरिएको छ ।
मिस पबीलाई टेलिभिजन प्रस्तोताको रुपमा देखाइएको छ । कोमल वलीलाई न्यायाधीशको रुपमा छोटो झलकमा देखाइएको छ । समग्रमा ट्रेलर केदारकै वरपर घुमेको छ ।
गाउँले निर्धन युवाको धनी बन्ने सपनाको कथावस्तुमा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ । केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामा केदारले अभिनय गरेको यो पहिलो फिल्म हो ।
फिल्मले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको बुझ्न सकिन्छ । बिना मिहेनत पैसा कमाउन नहुने सन्देश यसमा देखाइएको छ ।
ऋषि लामिछाने निर्देशित फिल्मको पटकथा सामीप्य तिमल्सेनाले लेखेका हुन् । मधुसुधन शर्माको निर्माण र नरेन्द्र मैनालीको छायांकन छ । यो फिल्म तीजको छेकोमा भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4