+

के हुन्छ जब युरिक एसिडको समस्या हुँदा बियर खाइन्छ ?

२०८२ भदौ  ५ गते १९:४४ २०८२ भदौ ५ गते १९:४४
Shares
के हुन्छ जब युरिक एसिडको समस्या हुँदा बियर खाइन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बियरमा प्यूरिनको मात्रा उच्च हुन्छ, जसले युरिक एसिडको स्तर बढाउँछ र युरिक एसिड भएका व्यक्तिले बियर पिउन पूर्णरूपमा बन्द गर्नुपर्छ।
  • युरिक एसिडको अधिकता जोर्नीहरूमा क्रिस्टल जम्मा गराएर तीव्र दुखाइ, सुन्निने र रातोपन निम्त्याउँछ, विशेष गरी खुट्टाको बुढी औंलामा।
  • युरिक एसिड नियन्त्रण गर्न हरियो सागसब्जी, कम प्यूरिन भएका फलफूल, प्रशस्त पानी र चिकित्सकको सल्लाहमा औषधि प्रयोग आवश्यक छ।

युरिक एसिड हाम्रो शरीरमा प्रोटिनको विघटनबाट बन्ने एक प्रकारको फोहोर पदार्थ हो । जब प्रोटिन टुक्रिन्छ, त्यसबाट निस्कने अनावश्यक तत्वहरू मध्ये एक युरिक एसिड हो ।

सामान्य अवस्थामा, यो रगतमार्फत मिर्गौलाबाट बाहिर निस्कन्छ ।  तर, जब यो प्रक्रियामा गडबडी हुन्छ वा युरिक एसिडको मात्रा बढी हुन्छ, यो शरीरमा जम्मा हुन थाल्छ ।  यसले जोर्नीहरूमा क्रिस्टल (मणिभ) बन्ने, दुखाइ हुने, सुन्निने र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउछ, जस्तै: जोर्नीहरूमा दुखाइ र सुन्निने समस्या (गाउट), मिर्गौलामा पत्थरी र कलेजोमा बोसो जम्मा हुने ।

युरिक एसिडमा बियर खाँदा के हुन्छ ?

बियरमा प्यूरिन भन्ने प्रोटिनको मात्रा उच्च हुन्छ । प्यूरिन प्रोटिनको एक प्रकार हो, जुन शरीरमा टुक्रिएर युरिक एसिड बन्छ ।  युरिक एसिडको समस्या भएका व्यक्तिहरूमा, शरीरले प्यूरिनलाई राम्ररी बाहिर निकाल्न सक्दैन, किनभने यो प्रक्रियालाई नियन्त्रण गर्ने एन्जाइमको कमी हुन्छ । त्यसैले, बियरले युरिक एसिडको स्तर अझ बढाउँछ । अन्य मादक पदार्थहरू जस्तै व्हिस्की, वाइनमा पनि प्यूरिन हुन्छ, तर बियरमा यो मात्रा विशेष रूपमा उच्च हुने हुन्छ । युरिक एसिड भएकाहरूले बियर पिउन पूर्णरूपमा बन्द गर्नुपर्छ ।

बियर खाँदा हुने समस्या

यदि युरिक एसिडको समस्यामा बियर खाइयो भने जोर्नी दुखाइको समस्या हुन सक्छ । युरिक एसिड क्रिस्टल जोर्नीहरूमा विशेष गरी खुट्टाको बुढी औंलामा जम्मा भएर तीव्र दुखाइ हुने, सुन्निने र रातोपन निम्त्याउने हुन्छ।  यो दुखाइ रातभरमा अचानक बढ्न सक्छ, जसले हिँडडुल गर्न गाह्रो हुन्छ ।

युरिक एसिड मिर्गौलामा जम्मा भएर ढुंगा बन्न सक्छ, जसले पेट दुख्ने र बारम्बार अप्रेशन गर्नुपर्ने अवस्था आउन सक्छ । साथै युरिक एसिडको उच्च स्तरले कलेजोमा बोसो जम्मा गराउँछ, जसले फ्याटी लिभर र अन्य मेटाबोलिक समस्याहरू निम्त्याउछ ।

यदि युरिक एसिडको समस्या भएका व्यक्तिले बियर खाए भने ट्राइग्लिसराइड  र कोलेस्ट्रोलको स्तर बढ्छ, जसले मुटु र रक्तनली सम्बन्धी रोगहरू बढाउँछ । युरिक एसिडले मिर्गौलालाई असर गर्दा पिसाबमा प्रोटिन जाने र शरीर सुन्निने समस्या देखिन सक्छ ।

युरिक एसिड बढाउने अन्य खानपान

बियरबाहेक अन्य खानपानले पनि युरिक एसिडको स्तर बढाउन सक्छ । हालैका अनुसन्धानहरूले अन्य खाने कुराहरूलाई पनि युरिक एसिडसँग जोडिएको देखाएका छन् । अत्यधिक गुलियो खानेकुरा जस्तै, फलफूलको जुस, चिनीयुक्त पेय पदार्थले पनि युरिक एसिडको स्तर बढाउन सक्छ ।

राँगा, खसी जस्ता जनावरको मासु अर्थात रातो मासुमा पनि प्यूरिनको मात्रा उच्च हुन्छ । यसको सेवनले युरिक एसिड बढ्न सक्छ । साथै समुद्री खाना माछा विशेष गरी सार्डिन, एनकोभीमा प्यूरिन धेरै हुन्छ ।

केही गेडागुडी जस्तै, राज्मा, चनामा पनि प्यूरिन हुन्छ, तर यिनलाई पूर्ण रूपमा हटाउनु भन्दा नियन्त्रित मात्रामा खानु उपयुक्त हुन्छ।

चिल्लो र प्रशोधित खानाले मेटाबोलिक प्रक्रियालाई असर गर्छ, जसले युरिक एसिड बढाउन सक्छ । त्यसैले यस्ता खाना कम मात्रामा खानुपर्छ ।

युरिक एसिड बढ्न नदिन कस्तो खानपान उपयुक्त ?

पहिले–पहिले युरिक एसिड भएकाहरूलाई माछा, मासु, गेडागुडी, गोलभेंडा आदि पूर्ण रूपमा बन्द गर्न सुझाव दिइन्थ्यो । तर, हालको अनुसन्धानले यो अवधारणा परिवर्तन भएको छ । युरिक एसिड जिनेटिक कारणले पनि युवा उमेरमै देखिन थालेको छ ।

प्रोटिन र अन्य पोषक तत्वलाई पूर्ण रूपमा हटाउँदा शरीरमा कमजोरी, मांसपेशी क्षय र अन्य पोषक तत्वको कमी हुन सक्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा पूर्णरूपमा बन्द गर्ने भन्दा पनि मात्रा मिलाएर खानुपर्छ ।

युरिक एसिडलाई नियन्त्रण गर्नका लागि प्यूरिन कम भएको खानेकुरा हरियो सागसब्जी र कम प्यूरिन भएका फलफूल जस्तै, स्याउ, केरा खानु उपयुक्त हुन्छ । गहुँ, जौ, चामलजस्ता अन्न उपयुक्त हुन्छ ।

प्रोटिनको सन्तुलित मात्रा सेवन गर्नुपर्छ । गेडागुडी र माछालाई पूर्णरूपमा हटाउनुको सट्टा नियन्त्रित मात्रामा खानुपर्छ । पनिर, दूध, दही जस्ता डेरी उत्पादनहरूमा कम प्यूरिन हुन्छन्, जुन उपयुक्त हुन्छ ।

पानी प्रशस्त पिउनुपर्छ । पर्याप्त पानीले युरिक एसिडलाई पिसाबमार्फत बाहिर निकाल्न मद्दत गर्छ । चिनीयुक्त पेय पदार्थ, फ्रुक्टोजयुक्त जुस र प्रशोधित खानेकुरा कम गर्नुपर्छ, युरिक एसिडको स्तर र शरीरको अवस्था हेरेर डाइटिसियनको सल्लाहमा खानपानको योजना बनाउनुपर्छ ।

बन्द गर्नुपर्ने खानपान

बियर र अन्य मादक पदार्थ । रातो मासु र समुद्री खाना नियन्त्रित मात्रामा खान सकिन्छ । यदि सम्भव छ भने पूर्णबन्द गर्नु राम्रो हुन्छ । अत्यधिक गुलियो खानेकुरा र प्रशोधित खानाकुरा पनि नखानु नै राम्रो हुन्छ ।

औषधि र व्यवस्थापन

यसलाई व्यवस्थापन गर्न चिकित्सकको सल्लाहमा युरिक एसिडलाई बाहिर निकाल्ने औषधि प्रयोग गर्न सकिन्छ । साथै रगत जाँच, अल्ट्रासाउन्ड र भिडियो एक्स–रे मार्फत युरिक एसिडको स्तर र जोर्नी÷मिर्गौलामा क्रिस्टल जम्मा भएको अवस्था जाँच गर्नुपर्छ ।

नियमित व्यायाम, तौल नियन्त्रण र तनाव व्यवस्थापनले पनि युरिक एसिड नियन्त्रणमा सहयोग गर्छ ।

बियर युरिक एसिड
डा. मनिषा भोछिभोया
लेखक
डा. मनिषा भोछिभोया
बाथरोग विशेषज्ञ

डा.मनिषा भोछिभोया नेशनल बाथ रोग सेन्टरमा कार्यरत छिन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ११,६३५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब युरिक एसिडको समस्या हुँदा बियर खाइन्छ ?

के हुन्छ जब युरिक एसिडको समस्या हुँदा बियर खाइन्छ ?

के फ्रेन्च फ्राइज धेरै खाँदा मधुमेह हुनसक्छ ?

के फ्रेन्च फ्राइज धेरै खाँदा मधुमेह हुनसक्छ ?

यात्रामा जानुअघि कसैलाई गाडी देख्नेबित्तिकै बान्ता आउँछ, किन ?

यात्रामा जानुअघि कसैलाई गाडी देख्नेबित्तिकै बान्ता आउँछ, किन ?

अचम्मको रोग ‘मानसिक तुवाँलो’

अचम्मको रोग ‘मानसिक तुवाँलो’

कसरी लगाइन्छ कृत्रिम दाँत, कुन कति टिकाउ ?

कसरी लगाइन्छ कृत्रिम दाँत, कुन कति टिकाउ ?

गर्दन बाउँडियो, अब के गर्ने ?

गर्दन बाउँडियो, अब के गर्ने ?