+
+
Shares

सीजी मोटर्सको ईभी रौनक : किफायतीदेखि विलासी मोडेलसम्म

विभिन्न ब्रान्डले आफ्ना नयाँ र अत्याधुनिक विद्युतीय मोडेलहरू प्रस्तुत गरिरहँदा सीजी मोटर्सको प्याभिलियन अवलोकनकर्ताहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाडा अटो शो २०२५ मा सीजी मोटर्सले आयोन, रिडारा र एक्सपेङ ब्रान्डका विद्युतीय गाडीहरू प्रस्तुत गरेको छ।
  • आयोन भी लक्जरी मोडेलले ६९ लाख ९९ हजार रुपैयाँ मूल्यमा ६५० किलोमिटर रेन्ज र मसाज सिट सुविधा दिएको छ।
  • रिडारा आरडी ६ पिकअपले अफरोडिङ क्षमता र ३५० किलोमिटर व्यावहारिक रेन्जसहित विद्युतीय गाडीको नयाँ विकल्प प्रस्तुत गरेको छ।

५ भदौ, काठमाडौं । सवारीसाधन पारखीका लागि कुम्भमेला मानिने ‘नाडा अटो शो २०२५’ मा यसपालि विद्युतीय गाडी (ईभी) को प्रभुत्व स्पष्ट देखिएको छ ।

विभिन्न ब्रान्डले आफ्ना नयाँ र अत्याधुनिक विद्युतीय मोडेलहरू प्रस्तुत गरिरहँदा सीजी मोटर्सको प्याभिलियन अवलोकनकर्ताहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

सीजी मोटर्सले आफ्नो मातहत रहेका आयोन, रिडारा र एक्सपेङ ब्रान्डका विभिन्न सेग्मेन्टका गाडी र तिनमा उपलब्ध विशेष अफरमार्फत ग्राहकको मन जित्ने प्रयास गरेको छ ।

आयोन

ईभी ब्रान्ड आयोन अवलोकनकर्ताको प्रमुख रोजाइमा परेको छ । उत्कृष्ट रेन्ज, प्रतिस्पर्धी मूल्य र आकर्षक विशेषताका कारण आयोनको स्टलमा ग्राहकको बाक्लो उपस्थिति देखिएको छ । कम्पनीले नाडालाई लक्षित गरी विशेष छुट र उपहार योजना पनि सार्वजनिक गरेको छ ।

आयोनका प्रतिनिधिले नाडा अटो शोलाई ‘अटो व्यवसायीहरूको चाड’ को संज्ञा दिँदै ग्राहकहरू वर्षभरि नयाँ उत्पादनको प्रतीक्षामा रहने र यसपटक आयोनप्रति देखिएको प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको बताए ।

आयोन भी

‘आयोन भी’ लक्जरी मोडेलले मूल्य, रेन्ज र विलासिताको अनुपम संयोजन मार्फत बजारमा नयाँ तरंग सिर्जना गरेको छ ।

आयोनले आफ्नो भी लक्जरी मोडललाई बजारमा सबैभन्दा बढी खोजिएको उत्पादनको रूपमा प्रस्तुत गरेको छ, जसलाई यसका तीन प्रमुख विशेषताले भिडभन्दा अलग बनाएको छ ।

पहिलो र सबैभन्दा प्रभावशाली पक्ष यसको अविश्वसनीय रेन्ज हो । आयोन भी लक्जरीमा ७५ किलोवाट–आवरको शक्तिशाली ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ६ सय ५० किलोमिटरसम्मको दुरी तय गर्दछ । यो रेन्जले लामो यात्रामा हुने ‘रेन्ज एन्जाइटी’ को समस्या पूर्णरूपमा समाधान गर्दछ र नेपाली बजारमा उपलब्ध यस सेग्मेन्टका अन्य गाडीहरूको तुलनामा निकै प्रभावशाली मानिन्छ ।

दोस्रो विशेषता, यसको शक्तिशाली प्रदर्शन हो । गाडीमा १०० किलोवाटको मोटर रहेको छ, जसले सहज र शक्तिशाली ड्राइभिङ अनुभव प्रदान गर्दछ । चाहे त्यो सहरको ट्राफिक होस् वा राजमार्गको खुला बाटो, यसको प्रदर्शनले चालकलाई निराश नबनाउने कम्पनीको दाबी छ ।

तेस्रो र सबैभन्दा आकर्षक पक्ष भनेको यसका विलासी विशेषता हो । यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ भए पनि यसमा मसाज सिट र रेफ्रिजिरेटर जस्ता अद्वितीय र प्रिमियम सुविधा समावेश छन् । आयोनका प्रतिनिधिले दाबी गरे अनुसार ‘यो मूल्यमा यति धेरै रेन्ज र सुविधा दिने गाडी बजारमा अर्को छैन’ जसले यसको प्रतिस्पर्धात्मक मूल्यलाई पुष्टि गर्दछ ।

आयोन वाई

कम्पनीले आफ्नो किफायती रोजाइका रूपमा ‘आयोन वाई’ लाई प्रस्तुत गरेको छ । यो कम्प्याक्ट एसयूभी आयोन स्टलमा रहेको सबैभन्दा किफायती मोडेल हो, जसको मूल्य ५८ लाख ५० हजार तोकिएको छ । यो मूल्यले प्रिमियम ईभी अनुभव लिन चाहने तर बजेटमा रहन खोज्ने ग्राहकका लागि उत्कृष्ट विकल्प प्रदान गर्दछ ।

ग्राहक उत्साह थप बढाउन र नाडा अटो शोलाई स्मरणीय बनाउन आयोनले आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । नाडा स्टलबाटै आयोनका कुनै पनि गाडी बुक गर्ने ग्राहकले तत्काल उपहार स्वरूप एक थान कफी मेकर प्राप्त गर्नेछन् ।

यसका साथै गाडी नकिन्ने तर स्टल अवलोकन गर्ने आगन्तुकका लागि पनि आयोनले विशेष अवसर प्रदान गरेको छ । प्रत्येक दिनको अन्त्यमा लक्की ड्रमार्फत एक भाग्यशाली विजेतालाई विशेष सर्प्राइज गिफ्ट प्रदान गरिने छ ।

रिडारा आरडी ६

नाडा अटो शो २०२५ मा सीजी मोटर्सले प्रस्तुत गरेको नेपालको पहिलो ईभी प्लेटफर्ममा आधारित पिकअप ‘रिडारा आरडी ६’ आफ्नो बेजोड क्षमता र व्यावहारिक विशेषताका कारण अवलोकनकर्ताको ध्यान तान्न सफल भएको छ ।

यो गाडी विशेषगरी नेपालको भौगोलिक अवस्था सुहाउँदो अफरोडिङ क्षमता र दैनिक उपयोगिता खोज्ने ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा अगाडि आएको छ ।

यसको सबैभन्दा ठूलो शक्ति यसको अफरोडिङ क्षमता हो, जुन फोर–ह्विल ड्राइभ भेरिएन्टमा स्पष्ट देखिन्छ । यस भेरिएन्टमा डुअल मोटर प्रणाली जडान गरिएको छ, जसमा पछाडि २०० किलोवाट र अगाडि ११५ किलोवाटको शक्तिशाली मोटर रहेको छ ।

यो सेटअपले गाडीलाई नेपालको कठिन पहाडी र हिलो बाटोमा पनि पर्याप्त शक्ति र सन्तुलन प्रदान गर्दछ । कम्पनीका अनुसार ग्राहकबाट ‘अफरोडिङमा पेट्रोल गाडीभन्दा पनि उत्कृष्ट’ भन्ने प्रतिक्रिया आएको छ । यसले एक पटकको फुल चार्जमा नेपालको वास्तविक बाटोमा ३ सय ५० किलोमिटरभन्दा बढीको व्यावहारिक रेन्ज दिन्छ ।

शक्तिशाली प्रदर्शनका साथै रिडाराले केही नवीन प्रविधि पनि समेटेको छ । यसको भेहिकल–टु–लोड प्रविधिले यसलाई एक मोबाइल पावर स्टेसनमा परिणत गर्छ । यो सुविधा प्रयोग गरेर क्याम्पिङ वा बाहिरी यात्राका क्रममा गाडीबाटै इन्डक्सन चुलो, बत्ती, ल्यापटप जस्ता विद्युतीय उपकरण सजिलै चलाउन सक्ने कम्पनीको भनाइ छ ।

चार्जिङको सहजताका लागि यसमा जीबीटी चार्जिङ पोर्ट दिइएको छ, जसले गर्दा सामान्यतया व्यस्त रहने सीसीएस२ चार्जिङ स्टेसनको लामो लाइनमा बस्नुपर्ने झन्झट कम हुने कम्पनीको दाबी छ ।

नाडा लक्षित गर्दै रिडारा खरिदकर्ताका लागि आकर्षक वित्तीय योजना ल्याइएको छ । ग्राहकले मात्र ९ लाख ९० हजार रुपैयाँको प्रारम्भिक भुक्तानी गरेर गाडी लैजान सक्छन् र बाँकी डाउनपेमेन्टको रकम साढे दुई महिनाभित्र आफ्नो अनुकूलतामा तिर्ने सुविधा छ ।

यसबाहेक फोर–ह्विल ड्राइभमा २ लाख र टु–ह्विल ड्राइभमा ३ लाख रुपैयाँको सोझै नगद छुटको व्यवस्था छ । पुरानो गाडी साट्न चाहनेका लागि एक्सचेन्जमा विशेष टप–अप बोनस पनि उपलब्ध छ ।

एक्सपेङ एक्स९

नाडा अटो शोमा रहेका अनेकौं अत्याधुनिक सवारीसाधनबीच सीजी मोटर्सको प्याभिलियनमा रहेको ‘एक्सपेङ एक्स ९’ ले धेरैको ध्यान खिचेको छ । जसको मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ । यो मूल्यले यसलाई नाडा अटो शोको सबैभन्दा महँगो र विलासी गाडीका रूपमा स्थापित गरेको छ ।

यो गाडी एक प्रिमियम विद्युतीय मल्टिपर्पोज भेहिकल हो । जसले विलासिता, आराम र अत्याधुनिक प्रविधि अनुपम संगम प्रस्तुत गर्ने कम्पनीको दाबी छ । यसको डिजाइन र विशेषताले यसलाई पारिवारिक यात्रादेखि उच्चस्तरीय व्यावसायिक प्रयोजनका लागि समेत उपयुक्त बनाएको छ ।

कम्पनीका प्रतिनिधि अनुसार यसको महँगो मूल्यलाई यसको शक्तिशाली मोटर र ठूलो ब्याट्री प्याकले न्याय गर्छ । एक्सपेङ  एक्स९ मा २३५ किलोवाटको शक्तिशाली मोटर र ८४.५ किलोवाट–आवरको ठूलो ब्याट्री प्याक जडान गरिएको छ । यो शक्तिशाली संयोजनले गाडीलाई उत्कृष्ट प्रदर्शन र लामो रेन्ज प्रदान गर्दछ, जसले गर्दा यसको प्रिमियम मूल्य जायज देखिन्छ ।

यसको मोटर पावर र ब्याट्री पावर नै ठूलो भएकाले यसको रेन्ज र पर्फर्मेन्स उत्कृष्ट छ, जसले गर्दा यो नाडाको सबैभन्दा महँगो गाडी बन्न पुगेको कम्पनीको दाबी छ ।

नाडा अटो शो लक्षित गर्दै एक्सपेङले आफ्ना ग्राहकका लागि आकर्षक खरिद योजना पनि ल्याएको छ । एक्सपेङ एक्स ९ को खरिदमा ग्राहकले ८ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन्, जसमा रोड ट्याक्स, इन्स्योरेन्स, नगद छुट र चार्जर जस्ता सुविधा समावेश छन् । यसका साथै नाडा स्टलबाटै गाडी बुक गर्ने ग्राहकलाई तत्काल उपहार स्वरूप ब्ल्याक एन्ड डेकरको कफी मेसिन प्रदान गरिने छ ।

कम्पनीले गाडी खरिद नगर्ने तर स्टल अवलोकन गर्ने आगन्तुकका लागि पनि विशेष अवसर राखेको छ । प्रत्येक दिनको अन्त्यमा लक्की ड्रमार्फत एक भाग्यशाली विजेतालाई प्रिमियम क्वालिटीको इयरबड्स प्रदान गरिने छ, जसको जानकारी एक्सपेङ नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजमार्फत दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?