+
+
Shares

अहिलेकै सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव ल्याइन्छ : योगेश

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १९:३६

८ भदौ, काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।

संशोधन प्रस्ताव लैजाने बारेमा संसदका सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट उनले पारे ।

‘निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको छ । यो सरकार हामीले बनाइरहँदा संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेका छौं । त्यसको मतलब हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउँछौं,’ भट्टराईले भने ।

संविधान संशोधनका लागि संसदको दुई तिहाई बहुमत आवश्यक पर्ने भन्दै नेपाली कांग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने उनले बताए ।

संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताउँदै सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रश्ताव लैजाने प्रतिबद्धता उनले जनाए ।

‘जे विषयमा संशोधन प्रश्ताव लैजाने हो त्यो संसदका सबै राजनीतिक दलसँग बसेर हामी छलफल गर्छौं । किनभने संसदको दुई तिहाई बहुमत चाहिन्छ । कांग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन । संसद् भित्रको दुई तिहाई बहुमत मात्रै विषयवस्तु होइन,’ उनले भने, ‘यो आम जनताको विषयवस्तु हो । संविधान संशोधनका एजेण्डालाई आम पब्लिकमा पनि छलफलमा लैजान्छौं । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रश्ताव लैजान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?