+
+
Shares

शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते २१:१३

८ भदौ, काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ, नेपालको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा अर्जुनकुमार बस्नेत सर्वसम्मत चुनिएका छन्। यस्तै संघको तिन उपाध्यक्षमा  दिनेस न्यौपाने, अनिल शर्मा, अमित खड्का  र महासचिवमा नरेशप्रसाद सेढाईं निर्वाचित भएका छन् ।

यसैगरी संघको सचिवममा मदन उप्रेति र सन्तोष बस्नेत चयन भएका छन् भने कोषाध्यक्षमा प्रज्ज्वल खत्री र सहकोषाध्यक्षमा विवेक शिवाकोटी चुनिएका छन् ।

यसैगरी कार्यसमितिका अन्य सदस्यहरूमा ज्योती शाही, गीताकुमारी सुवेदी, राजन दाहाल, शेखर पाण्डे, सञ्जिव लुइँटेल, सन्तोष तामाङ लगायत छन् ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले शैक्षिक परामर्श ब्यवसायीका हकहित, विद्यार्थीका समस्या समाधान र संगठन सुदृढीकरणमा आफनो ध्यान केन्द्रित गर्ने बताएका छन् ।

निवर्तमान अध्यक्ष प्रज्ज्वल बस्नेतले नवनिर्वाचित नेतृत्वले संघलाई अझ व्यवस्थित ढंगले अगाडि बढाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?