+
+
Shares

गुण्डागर्दी आरोपमा पक्राउ परेका रेस लामाविरुद्ध ४ दिन म्याद थप

अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको म्याद थप गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप गरिएको छ।
  • उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो।
  • उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ र यसअघि तरबारले केक काटेको आरोपमा पनि पक्राउ परेका थिए।

१० भदौ, काठमाडौं। गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप भएको छ ।

अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको म्याद थप गरेको हो ।

उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो ।

उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । यसअघि तरबारले केक काटेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?