+

नेपाल र बंगलादेशबीचको रग्बी सिरिज दशरथ रंगशालमा हुने

२०८२ भदौ  १५ गते १८:५९ २०८२ भदौ १५ गते १८:५९
नेपाल र बंगलादेशबीचको रग्बी सिरिज दशरथ रंगशालमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रग्बी संघले भदौ अन्तिम साता नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज आयोजना गर्ने भएको छ ।
  • सिरिजमा रग्बी सेभेन्सका २ खेल भदौ ३० गते र फिफ्टिन्सको १ खेल भदौ ३१ गते हुनेछ ।
  • दशरथ रंगशालामा हुने सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

१५ भदौ, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ ।

नेपाल र बंगलादेशबीचको रग्बी सिरिजका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई दिन सञ्चालन हुने संघले जनाएको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गर्दै भदौ ३० र ३१ गते खेल हुने जानकारी दिएको हो ।

सिरिजमा रग्बी सेभेन्सका २ तथा फिफ्टिन्समा १ खेल हुने रग्बी संघका अध्यक्ष दिपक देवकोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

जसअनुसार भदौ ३० गते रग्बी सेभेन्सका २ खेल हुनेछ भने रग्बी फिफ्टिन्सको खेल भदौ ३१ गते खेलाइने छ ।

रग्बी सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको छ । सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो ।

नेपाल रग्बी संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय