
१७ भदौ, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ४० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँमा किनबेच भएको थियो ।
भदौ पहिलो साता बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि ४२ रुपैयाँमा किनबेच भएको थियो । एक महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँ थियो ।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । अहिले बजारमा भारतीय प्याजले माग धानेको छ ।
व्यवसायीहरूका अनुसार भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया 4