+
+
Shares

अदालतको अवहेलना मुद्दामा माओवादी नेता श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १६:२७

१७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ मागेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो ।

श्रेष्ठले भदौ ६ गते आफ्नो फेसबुक पेजमा अदालतको अवहेलना हुने गरी लेखेको भन्दै मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले सर्वोच्चमा उनीविरुद्ध अवहेलनाको निवेदन दिएका थिए ।

श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भन्दै सामाजिक सञ्जालमा लेखेर अनादर गरेको निवेदनमा जिकिर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?