
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १५.६४ अंक घटेर २७२६.३३ मा झरेको छ।
- नेप्सेमा ३९ कम्पनीको सेयर मूल्य बढेको र २ सय १३ कम्पनीको मूल्य घटेको छ।
- बुधबार ३२६ कम्पनीको ४ अर्ब ७२ करोड रुपैयाँ बराबर १ करोड १३ लाख ४५ हजार कित्ता सेयर कारोबार भएको छ।
१८ भदौ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १९.८९ अंक घटेको नेप्से सूचक बुधबार १५.६४ अंक घटेको हो ।
बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक घटेको हो । नेप्से सूचक घटेको भए पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।
पछिल्लो समय सेयर कारोबार उधारोमा गर्ने चलन बढेसँगै सेयर बजार सूचक अस्थिर हुने गरेको छ । उधारोमा सेयर किन्ने र ब्रोकरको दबावमा बिक्री गर्नुपर्दा बजारमा धितोपत्र आपूर्ति बढेको छ ।
त्यसले पनि नेप्से सूचक बढ्न नसकेको हो । बुधबार कारोबार सुरु हुँदा २७४१.९७ अंक रहेको नेप्से सूचक १५.६४ अंक घटेर २७२६.३३ अंकमा झरेको छ ।
बुधबार नेप्सेमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय १३ कम्पनीको सेयर मूल्य घटेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत परिसूचकमध्ये व्यापार र सामूहिक लगानी कोष बढेका छन् । सुधार आएका समूहगत परिसूचकमध्ये व्यापार ३.१८ र सामूहिक लगानी कोष ०.०४ अंकले बढेका छन् ।
त्यसैगरी बैंकिङ ७.९४, विकास बैंक ४९.२२, वित्त १८.३६, होटल ६५, जलविद्युत ३२.४३, लगानी ०.५९, जीवन बीमा ७२.५९, उत्पादनमूलक ३०.१०, लघुवित्त ३५.१४, निर्जीवन बीमा ४९.२९ र अन्य ७.२८ अंक घटेका छन् ।
नेप्से परिसूचक घटे पनि कारोबार रकममा सामान्य सुधार आएको छ । बुधबार नेप्सेमा ३ सय २६ कम्पनीको ६८ हजार ५ सय ९४ कारोबारबाट ४ अर्ब ७२ करोड रुपैयाँ बराबर १ करोड १३ लाख ४५ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा धेरै हो ।
मंगलबार नेप्सेमा ३ सय २३ कम्पनीको ८९ हजार ७ सय ७५ कारोबारबाट ४ अर्ब ३८ करोड रुपैयाँ बराबर १ करोड ५ लाख ३५ हजार कित्ता सेयर खरिद-बिक्री भएको थियो ।
प्रतिक्रिया 4