+

भारतीय क्रिकेटर अमित मिश्राले लिए सन्यास

२०८२ भदौ  १९ गते १३:४१ २०८२ भदौ १९ गते १३:४१
भारतीय क्रिकेटर अमित मिश्राले लिए सन्यास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका अनुभवी लेग–स्पिनर अमित मिश्राले करिब २५ वर्षको क्रिकेट करियरपछि सन्यास घोषणा गरेका छन्।
  • उनले भारतका लागि २२ टेस्ट, ३६ एकदिवसीय र १० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
  • सन्यासपछि मिश्राले कोचिङ, कमेन्ट्री र युवा खेलाडीलाई मार्गदर्शनमार्फत क्रिकेटसँग जोडिरहने इच्छा व्यक्त गरेका छन्।

१९ भदौ, काठमाडौं । भारतका अनुभवी लेग–स्पिनर अमित मिश्राले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। करिब २५ वर्ष लामो करियरपछि उनले विहीबार जारी वक्तव्यमार्फत बारम्बारको चोट र नयाँ पुस्तालाई अवसर दिनुपर्ने कारण देखाउँदै क्रिकेटलाई बिदा लिएको जनाएका हुन्।

मिश्राले भारतका लागि २२ टेस्ट, ३६ एकदिवसीय र १० टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। यस अवधिमा उनले क्रमशः ७६, ६४ र १६ विकेट लिएका थिए।

२००३ मा बंगलादेशमा भएको त्रिकोणात्मक सिरिजमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले २००८ मा मोहालीमा अष्ट्रेलियाविरुद्ध टेस्ट डेब्यू गर्दा पाँच विकेट लिएका थिए।

उनको सबैभन्दा सम्झनलायक उपलब्धिमध्ये २०१३ मा जिम्बाब्वेविरुद्धको पाँच खेलको सिरिजमा १८ विकेट लिँदै जवागल श्रीनाथको रेकर्ड बराबरी गर्नु थियो।

त्यसैगरी, २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा पनि उनले १० विकेट लिएर भारतलाई उपविजेता बनाउन योगदान दिएका थिए।

अन्तर्राष्ट्रिय करियर २०१७ पछि रोकिए पनि उनले घरेलु क्रिकेट र आईपीएल खेलिरहे। २०२४ मा लखनउ सुपर जायन्ट्सका लागि राजस्थान रोयल्सविरुद्धको खेल उनको अन्तिम प्रतिस्पर्धात्मक क्रिकेट रह्यो।

मिश्राले आईपीएलमा १६२ खेलमा १७४ विकेट लिँदै सातौं सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनी आईपीएलमा तीन फरक टोलीका लागि तीनवटा ह्याट्रिक लिने एक मात्र बलर पनि हुन्।

सन्यासपछि उनले कोचिङ, कमेन्ट्री र युवा खेलाडीलाई मार्गदर्शनमार्फत क्रिकेटसँग निरन्तर जोडिरहने इच्छा व्यक्त गरेका छन्। साथै, सामाजिक सञ्जाल र युट्युबमार्फत फ्यानहरूसँग सम्पर्कमा रहिरहने पनि बताएका छन्

अमित मिश्रा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय