+
+
Shares

यात्रु तानातान गरेको आरोपमा ३३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १८:०६

१९ भदौ, काठमाडौं । आफ्नो गाडीमा चढाउन यात्रुलाई तानातान गरेको आरोपमा ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साढे ८ बजेतिर काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारणलाई आफ्नो गाडीमा चढाउन तानातान गरेको आरोपमा ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बाटोमा हिँड्दै गरेका यात्रुहरुलाई हैरानी दिई तानातान गर्ने, सामान, झोलाहरु जबरजस्ती तान्ने अश्लिल शब्द प्रयोग गर्ने जस्ता आरोप उनीहरुमाथि छ ।

पक्राउ परेकाविरुद्ध अभद्र मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?