+
+
Shares

परम्परागत पहिरन जोगाउँदै लिमेली

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते ६:३५

२१ भदौ, हुम्ला । टाढैबाट झट हेर्दा तिब्बतीयन परम्परागत संस्कृतिक र रहनसहनसँग मिल्ने पहिरनमा सजिएका बालबालिका लिमेली हुन् ।

हिमालपारिको गाउँ नाम्खा गाउँपालिका-६ स्थित हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयको एक कार्यक्रममा उनीहरु परम्परागत पहिरनमा सजिएका थिए ।

उनीहरु तिब्बतीयन गीतमा नाच्न उक्त पहिरनमा सहजिएका हुन् । विद्यालयको नयाँ भवन हस्तान्तरणको कार्यक्रममा लिमेली बालबालिकाले परम्परागत पहिरनमा प्रस्तुति दिएका थिए ।

पुरानो बख्खु, बख्खुमा बुटा कम्मरमा ,रातो पटुकी कपालमा छालाबाट बनाइएको टोपी, घाँटीमा बहुमूल्य (तुथो, मुगा, पुलिग मिक्स)माला लिमेलीको पुरानो साँस्कृतिक र परम्परागत पहिरन हो ।

परम्परागत संस्कृति र रहनसहन लिमिमा जीवित रहेको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

पुरानो संस्कृतिक नहराएको तर पछिल्लो समय अलि कम हुँदै गएको भन्दै वडाध्यक्ष तामाङले चिन्ता व्यक्त गरे ।

बाहिरबाट पाहुना आउँदा विशेष कार्यक्रम हुदाँ यी बहुमूल्य गरगहना र पहिरन प्रयोग हुने गरेको तामाङको भनाइ छ ।

घरघरमा सबैसँग यी पहिरन छन् । गाउँको चार्डपर्व, बाहिरबाट आउने अतिथिहरूको स्वागत र सम्मान गर्दा लगाउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?