+
+
Shares

सामाजिक सञ्जाल बन्दपछि भाइबर बन्यो नेपालको टप एप

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि भाइबर एप गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ।
  • फेसबुक र म्यासेन्जर एप बन्द भएपछि प्रयोगकर्ताले वैकल्पिक एपका रूपमा भाइबर रोजेको देखिएको छ।
  • प्ले स्टोरको फ्रि एप सूचीमा भाइबरपछि च्याटजीपीटी, कल एप, इमो र ह्वाट्सएप रहेका छन्।

२० भदौ, काठमाडौं । सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ ।

२४ घण्टाअघि प्ले स्टोरको टप फ्रि एप लिस्टमा ५० भन्दा तल रहेको भाइबर अहिले एक नम्बरमा आएको हो । पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले धेरै डाउनलोड गरेका कारण राकुटेन भाइबर म्यासेन्जर शीर्षस्थानमा आएको हो ।

फेसबुक लगायतका सामजिक सञ्जाल नेपालमा दर्ता नभएको भन्दै सरकारले बिहीबार बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालमा सबभन्दा धेरै प्रयोग हुने फेसबुक र म्यासेन्जर एप चल्न छाडेपछि प्रयोगकर्ताले वैकल्पिक एपका रूपमा भाइबर रोजेको देखिएको छ ।

प्ले स्टोरको फ्रि एपमा भाइबरपछि अहिले क्रमश: च्याटजीपीटी, कल एप, इमो, ह्वाट्सएप रहेका छन् । दर्ता भइसकेका कारण सरकारको निसानामा नपरेको टिकटक पनि शीर्ष एपको छैठौं नम्बरमा छ ।

सूचीमा फेसबुक लाइट तथा फुल भर्सन क्रमश: नवौं र दशौं, म्यासेन्जर एघारौं नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?