+
+
Shares

बानेश्वर पुगे प्रदर्शनकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ११:२१

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर आइपुगेको छ । प्रदर्शनमा सहभागीहरू नारा लगाउँदै बानेश्वर आइपुगेका हुन् ।

बानेश्वरमा प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड राखेर रोकेको छ । प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा सहितका प्लेकार्ड बोकेका छन् ।

भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।

सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ ।

उनीहरूलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?