+
+
Shares

गृह मन्त्रालयको निर्माणाधीन भवनमा नयाँ प्रधानमन्त्रीलाई राख्ने तयारी

मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ–कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी भइरहेको छ।
  • मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले भवन व्यवस्थापनबारे अध्ययन गरेको छ।
  • बुधबार सिंहदरबारमा भएको ठूलो आक्रमणपछि प्रशासनिक काम सिंहदरबारमै गर्ने तयारी भइरहेको छ।

२७ भदौ, काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए ।

‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन हुन सक्छ भन्ने कुरा भएको छ,’ उनले भने ।

बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारीसाधनमा व्यापक क्षति पुर्‍याइएको छ ।

मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ–कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए । सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?