+

अपोलो टायर्स बन्यो भारतको जर्सी प्रायोजक, ५७९ करोड भारुको सम्झौता

२०८२ भदौ  ३१ गते २०:४५ २०८२ भदौ ३१ गते २०:४५
अपोलो टायर्स बन्यो भारतको जर्सी प्रायोजक, ५७९ करोड भारुको सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपोलो टायर्सले ५७९ करोड भारुको प्रस्तावसहित भारतीय क्रिकेट टोलीको जर्सी प्रायोजन अधिकार दुई वर्ष छ महिनाका लागि पाएको छ।
  • सम्झौताअनुसार भारतले खेल्ने १२१ द्विपक्षीय र २१ आईसीसी खेलहरूमा अपोलो टायर्सको जर्सी प्रयोग हुनेछ।
  • अपोलो टायर्सले क्यान्भा र जेके सिमेन्टलाई पछि पार्दै बीसीसीआईको टेन्डर जितेको छ र उपाध्यक्ष नीरज कान्वरले राष्ट्रिय गौरवको कुरा भएको बताउनुभयो।

३१ भदौ, काठमाडौं । अपोलो टायर्स भारतीय क्रिकेट टोलीको जर्सी प्रायोजक बनेको छ । ५७९ करोड भारुको उच्चतम प्रस्ताव गरेको अपोलोले प्रायोजन अधिकार पाएको हो ।

यो सम्झौता दुई वर्ष छ महिनाको छ । यस अवधिमा भारतले खेल्ने १२१ वटा द्विपक्षीय खेल तथा २१ वटा आईसीसीका खेलहरूमा उक्त जर्सी प्रयोग हुनेछ ।

भारतको गुरगाउँमा रहेको यो टायर कम्पनीले १०० भन्दा बढी देशमा आफ्नो उपस्थिति राखेको छ। यसले क्यान्भा (५४४ करोड) र जेके सिमेन्ट (४७७ करोड)लाई पछाडि पार्दै टेन्डर जितेको हो।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आधार मूल्य द्विपक्षीय खेलका लागि ३.५ करोड र आईसीसी खेलका लागि १.५ करोड तोकेको थियो। नयाँ सम्झौताले खेलप्रति बढ्दो व्यवसायिक आकर्षण देखाएको बीसीसीआईले जनाएको छ।

अपोलो टायर्सका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक नीरज कान्वरले भने, ‘भारतीय क्रिकेटको लोकप्रियता विश्वभर नै छ। टिम इन्डियाको मुख्य प्रायोजक बन्नु राष्ट्रिय गौरवको कुरा हो।’

यसअघि भारत सरकारको अनलाइन गेमिङ कम्पनीमाथिको प्रतिबन्धपछि ड्रीम ११ सँगको प्रायोजन सम्झौता रद्द भएको थियो। त्यसपछि बोर्डले नयाँ प्रायोजकका लागि टेण्डर आह्वान गरेको थियो।

अपोलो टायर्स भारतीय क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय