+
+
Shares

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
  • महेश आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनाइएको छ।
  • सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख र महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाइएको छ।

५ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याएका छन् । सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ ।

त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाएका छन् । यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको प्रमुखको रुपमा काम गरिरहेका थिए ।

तीन सहसचिवको जिम्मेवारी आइतबारबाट हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?