+

ट्रिनबागो नाइट राइडर्सलाई पाँचौंपटक सीपीएलको उपाधि

२०८२ असोज  ६ गते १०:३५ २०८२ असोज ६ गते १०:३५
ट्रिनबागो नाइट राइडर्सलाई पाँचौंपटक सीपीएलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यारेबियन प्रिमियर लिग २०२५ को उपाधि ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्सलाई ३ विकेटले हराउँदै जितेको छ।
  • नाइट राइडर्सले १३१ रनको लक्ष्य २ ओभर बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गरेको थियो।
  • वारियर्सका कप्तान इमरान ताहिरले ३ विकेट लिए भने नाइट राइडर्सका सौरभ नेत्रवल्करले ३ विकेट लिए।

६ असोज, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट २०२५ को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । नेपाली समयअनुसार सोमबार विहान सम्पन्न फाइनल खेलमा गुएना अमेजन वारियर्सलाई ३ विकेटले हराउँदै नाइट राइडर्सले पाँचौंपटक सीपीएलको उपाधि जितेको हो ।

वारियर्सले दिएको १३१ रनको लक्ष्य नाइट राइडर्सले २ ओभर बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । एलेक्स हेल्सले सर्वाधिक २६ रन बनाए । कोलिन मनरोले २३, सुनिल नराइनले २२ तथा कायरन पोलार्डले २१ रन बनाए ।

वारियर्सका कप्तान इमरान ताहिरले ३ विकेट लिए भने ड्वेन प्रेटोरियस र शमार जोसेफले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । इफ्तिखार अहमदले ३० रन बनाए भने बेन मेकडरमोटले २८ तथा प्रेटोरियसले २५ रन बनाए ।

नाइट राइडर्सका सौरभ नेत्रवल्करले ३ विकेट लिए । अकिल होसेनले २ तथा आन्द्रे रसेल र उसमान तारिकले १-१ विकेट लिए ।

लिग चरणमा वारियर्स दोस्रो र नाइट राइडर्स तेस्रो भएर प्लेअफमा पुगेका थिए ।

नाइट राइडर्सले यसअघि सन् २०१५, २०१७, २०१८ र २०२० मा उपाधि जितेको थियो ।

क्यारेबियन प्रिमियर लिग सीपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय