
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘मैझारो’को टिजर ७ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको अवस्थामा दशैं घटस्थापनाको अवसरमा सोमबार सार्वजनिक गरिएको छ।
- विल्सनविक्रम राईले निर्देशन गरेको यो फिल्ममा धीरज मगर, मिरुना मगर र दीया पुनबीच त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ।
- इलामको गाउँले परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक भएको छ । दशैं घटस्थापनाको अवसरमा निर्माताले सोमबार टिजर सार्वजनिक गरे । टिजरले फिल्मको कथावस्तु दर्शाउँछ ।
यो फिल्मबाट चर्चित हाँस्यकलाकार विल्सनविक्रम राईले निर्देशनमा डेब्यू गरेका छन् ।
टिजरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको दृश्यमा धीरजलाई गाउँले परिवेशमा देख्न सकिन्छ ।
मिरुनालाई बगानमा चिया टिप्दै गरेको देख्न सकिन्छ । धीरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको पनि अभिनय छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ ।
प्रतिक्रिया 4