
९ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पहिरो हटाउन चाहिनेभन्दा बढी मेसिन प्रयोग गरिएको बताएका छन् ।
मेसिन अपुग भएर पहिरो पन्छाउन समय लागेको भन्दै आलोचना भएसँगै मन्त्री घिसिङले त्यसको खण्डन गरेका हुन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सडक खण्डमा सुक्खा पहिरो झरिरहने समस्याले पहिरो हटाउन समय लागेको उनले बताए ।
साथै, वर्षातका बेला रातमा काम गर्न नसक्दा समेत समय लागेको उनको भनाइ छ । पानी नपरे आज राति पनि काम गरिने र रातिसम्म पहिरो हटिसक्ने विश्वास लिइएको उनले बताए ।
उक्त सडकको विकल्पमा नदी पारिबाट नयाँ सडक निर्माणबारे समेत मन्त्रालयले छलफल गर्ने उनको भनाइ छ । दू्रतमार्गको काम छिटो सके त्यसको धेरै विकल्प तयार हुने उनको भनाइ छ । अहिले अन्य राजमार्गमा भने समस्या नरहेको उनले बताए ।
प्रतिक्रिया 4