+

पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधिका लागि इटली र बुल्गेरिया भिड्ने

२०८२ असोज  ११ गते १९:०३ २०८२ असोज ११ गते १९:०३
पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधिका लागि इटली र बुल्गेरिया भिड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एफआईभिबी पुरुष भलिबल विश्व च्याम्पियनसिपको फाइनलमा साविक विजेता इटली र बुल्गेरिया भिड्ने भएका छन्।
  • बुल्गेरियाले सेमिफाइनलमा चेकरिपब्लिकलाई ३-१ को सेटमा हराएर ५५ वर्षपछि फाइनल पुगेको हो।
  • इटलीले दोस्रो सेमिफाइनलमा पोल्याण्डलाई ३-० को सोझो सेटमा हराएर लगातार दोस्रो पटक फाइनल पुगेको हो।

११ असोज, काठमाडौं । एफआईभिबी पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधिका लागि साविक विजेता इटली र बुल्गेरिया भिड्ने भएका छन् ।

फिलपिन्समा भइरहेको च्याम्पियनसिपमा शिनवार भएको सेमिफाइनल जित्दै इटली र बुल्गेरिया उपाधि नजिक पुगेका हुन् ।

यस च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरिरहेको बुल्गेरियाले पहिलो सेमिफाइनलमा चेकरिपब्लिकलाई ३-१ को सेटमा हराएर ५५ वर्षपछि फाइनल पुगेको हो । बुल्गेरियाले चेकलाई २५-२०, २३-२५, २५-२१, २५-२२  ले हरायो ।

बुल्गेरिया पछिल्लो पटक सन् १९७० मा फाइनल पुगेको थियो । तर त्यसबेला पश्चिम जर्मनीसँग ३-२ को सेटमा पराजित भएर उपविजेता बनेको थियो । समग्रमा दोस्रो पटक बुल्गेरिया फाइनल पुगेको हो । यस पटक उच्च लयमा रहेको बुल्गेरिया टिमले पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ ।

यस्तै साविक विजेता इटलीले दोस्रो सेमिफाइनलमा पोल्याण्डलाई सोझो सेटमा हराएर फाइनलमा पुगेको हो । इटलीले पोल्याण्डलाई  २५-२१, २५-२२, २५-२३ ले हरायो ।

चार पटकको च्याम्पियन इटली लगातार दोस्रो पटक फाइनल पुगेको हो । सन् २०२२ मा इटली च्याम्पियन बनेको थियो । त्यसअघि इटलीले सन् १९९०, १९९४ र १९९८ मा लगातार तीन पटक उपाधि जितेको थियो । इटली समग्रमा छैटौं पटक फाइनल पुगेको हो । पहिलो पटक सन् १९७८ मा फाइनल पुग्दा भने इटली सोभियन युनिसँग पराजित भएको थियो । इटली भन्दा धेरै सोभियत युनियनले नै सर्वाधिक ६ पटक वर्ल्ड च्याम्पियनसिपको उपाधि जितेको छ ।

विश्वका उत्कृष्ट ३२ राष्ट्र सहभागि च्याम्पियनसिपमा बुल्गेरिया अपराजित रहँदै फाइनल पुगेको हो भने इटली समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो ।

बुल्गेरिया र इटलीबीचको फाइनल खेल आइतबार हुनेछ ।

एफआईभिबी मेन्स भलिबल वर्ल्ड च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय