+

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीको मिश्रित प्रदर्शन

२०८२ असोज  १२ गते ११:०२ २०८२ असोज १२ गते ११:०२
एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीको मिश्रित प्रदर्शन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाको कोलोम्बोमा भइरहेको एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन् ।
  • एसिया अटो जिमनाखाना इभेन्टमा आशिष भारतीले ४० खेलाडीमध्ये पाँचौ स्थान हासिल गरे ।
  • नेपालबाट ६ खेलाडी विभिन्न क्याटेगोरीमा सहभागी छन् र एसियन अटो जिमखाना च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

१२ असोज, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भइरहेको एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन् ।

नेपालबाट विभिन्न क्याटेगोरीमा गरी ६ खेलाडी सहभागि भएकोमा आशिष भारतीले उत्कृष्ट प्रदर्शन गरे ।

शुक्रबार देखि सुरु भएको च्याम्पियनसिपमा दोस्रो दिन शनिवार विभिन्न इभेन्टको क्वालिफायर भएको थियो ।

त्यसमध्ये एसियन अटो जिमखाना च्याम्पियनसिपमा नेपालका आशिषले उत्कृष्ट प्रदर्शन गर्दै उनी पाँचौ स्थान हासिल गरेका हुन् ।

नेपाली टोलीका व्यवस्थापक आशिष रौनियारका अनुसार आशिष भारतीले ४० खेलाडी मध्ये पाँचौ स्थान हात पारेका हुन् ।

नेपालको मोटरस्पोर्ट्स इतिहासमा अन्तर्राष्ट्रिय प्रतियोगितामा यो उत्कृष्ट प्रदर्शन भएको नेपाल अटोमोबाइल एसोसिएसन (नासा) नेपालले जनाएको छ ।

सुरुमा एसियन प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप मात्र हुने भनिएपनि पछि एसियन अटो जिमखाना च्याम्पियनसिपसहित दुई फरक इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

एसियन प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप अन्तर्गतका प्रतिस्पर्धा भने अन्तिम दिन आइतबार हुनेछ । जहाँ अटोजिमखानामा आशिष भारती, राजकुमार कार्की विपास्ना तामाङले प्रतिस्पर्धा गर्नेछन् भने क्रस कारमा र रेहान सुनार र जय प्रताप मास्के तथा इस्पोर्ट्समा रोशन अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेन्डरमा सूचीकृत यो प्रतियोगिता सेप्टेम्बर २८ सम्म श्रीलंकास्थित कार्टिङ सर्किटमा हुनेछ।

एसियन मोटरस्पोर्ट्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय