News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंकाको कोलोम्बोमा भइरहेको एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन् ।
- एसिया अटो जिमनाखाना इभेन्टमा आशिष भारतीले ४० खेलाडीमध्ये पाँचौ स्थान हासिल गरे ।
- नेपालबाट ६ खेलाडी विभिन्न क्याटेगोरीमा सहभागी छन् र एसियन अटो जिमखाना च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
१२ असोज, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भइरहेको एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन् ।
नेपालबाट विभिन्न क्याटेगोरीमा गरी ६ खेलाडी सहभागि भएकोमा आशिष भारतीले उत्कृष्ट प्रदर्शन गरे ।
शुक्रबार देखि सुरु भएको च्याम्पियनसिपमा दोस्रो दिन शनिवार विभिन्न इभेन्टको क्वालिफायर भएको थियो ।
त्यसमध्ये एसियन अटो जिमखाना च्याम्पियनसिपमा नेपालका आशिषले उत्कृष्ट प्रदर्शन गर्दै उनी पाँचौ स्थान हासिल गरेका हुन् ।
नेपाली टोलीका व्यवस्थापक आशिष रौनियारका अनुसार आशिष भारतीले ४० खेलाडी मध्ये पाँचौ स्थान हात पारेका हुन् ।
नेपालको मोटरस्पोर्ट्स इतिहासमा अन्तर्राष्ट्रिय प्रतियोगितामा यो उत्कृष्ट प्रदर्शन भएको नेपाल अटोमोबाइल एसोसिएसन (नासा) नेपालले जनाएको छ ।
सुरुमा एसियन प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप मात्र हुने भनिएपनि पछि एसियन अटो जिमखाना च्याम्पियनसिपसहित दुई फरक इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
एसियन प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप अन्तर्गतका प्रतिस्पर्धा भने अन्तिम दिन आइतबार हुनेछ । जहाँ अटोजिमखानामा आशिष भारती, राजकुमार कार्की विपास्ना तामाङले प्रतिस्पर्धा गर्नेछन् भने क्रस कारमा र रेहान सुनार र जय प्रताप मास्के तथा इस्पोर्ट्समा रोशन अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।
अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेन्डरमा सूचीकृत यो प्रतियोगिता सेप्टेम्बर २८ सम्म श्रीलंकास्थित कार्टिङ सर्किटमा हुनेछ।
प्रतिक्रिया 4