
News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म चार फिल्मले ८ दिनमा कुल १२ करोड ७३ लाख नेरु ग्रस कमाएका छन्।
- बलिदानले ३ करोड ७५ लाख ५३ हजार २५१ नेरु कमाएको छ र १ लाख १९ हजार टिकट बिक्री भएका छन्।
- हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार १६० नेरु कमाएको र ९० हजार ९४७ टिकट बिक्री भएका छन्।
काठमाडौं । दशैंको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शनमा आएका ४ फिल्मले नेपालको सिनेपाः बक्सअफिसमा कति कमाए ?
प्रदर्शनरत फिल्म बलिदान, हरिबहादुरको जुत्ता, माइतीघर र कान्तारा २ को ८ दिनको नेपाल कलेक्सन सार्वजनिक भएको छ ।
१३ असोजदेखि २० गते राती ११ बजेर ५५ मिनेटसम्म नेपालका हलमा चलेका फिल्मको कलेक्सन हेर्दा कमाइमा धेरै भिन्नता देखिँदैछन् । तीन फिल्मको कमाइ ३ देखि ४ करोड ग्रसको बीचमा छ ।
‘बलिदान’ले सोही अवधिमा ३ करोड ७५ लाख ५३ हजार २५१ नेरु ग्रस कमाएको छ । यो फिल्मका १ लाख १९ हजार टिकट बिकेका छन् ।
‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १६० नेरु ग्रस कमाएको उल्लेख छ । यसका ९० हजार ९४७ वटा टिकट विक्री भएका छन् ।
‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ नेरु ग्रस कमाएको छ । यसका ६८ हजार ३२ टिकट बिक्री भएका छन् ।
‘कान्तारा २’ले ३ करोड ६२ लाख ४५ हजार ६ सय ५९ नेरु ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मका १ लाख २ हजार टिकट बिकेका छन् ।
८ दिनमा चार फिल्मको कूल कलेक्सन १२ करोड ७३ लाख नेरु ग्रस छ । यसबीच कूल ३ लाख ८१ हजार वटा टिकट बिक्री भएका छन् ।
प्रतिक्रिया 4