News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले यूएईसँगको खेलमा १ रनको जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं जित पूरा गरेको छ।
- नेपालले हालसम्म १०९ टी-२०आई खेलमा ६२ र ७७ ओडिआई खेलमा ३८ जित निकालेको छ।
- नेपालले कुल १८६ खेलमा १०० जित, ७७ हार, ४ बराबरी र ५ नतिजाविहीन खेलेको छ।
२६ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं जित पूरा गरेको छ । आइतबार भएको यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित निकालेपछि नेपालको जित संख्या १०० पुगेको हो ।
यो टी-२०आई र ओडिआई दुवै फर्म्याटको आँकडा हो । नेपालले हालसम्म १०९ टी-२०आई खेलमा ६२ जित निकालेको छ भने ७७ ओडिआई खेलमा ३८ जित निकालेको छ ।
दुवै फर्म्याटमा गरेर नेपालले १८६ खेलमा १०० जित निकालेको छ । यस क्रममा नेपालले ७७ हार बेहोर्दा ४ बराबरी र ५ नतिजाविहीन छन् ।
नेपालको १००औं जित रोचक पनि रह्यो । दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले गुमाउन लागिसकेको खेलमा शानदार पुनरागमन गरेको थियो ।
प्रतिक्रिया 4